७ असार २०८१ शुक्रबार
image/svg+xml

मन्डे साइक्लिङ ग्रुप

‘मन्डे साइक्लिङ ग्रुप’ लकडाउनमा जन्मेको हो। संयोजक घलेका अनुसार उनीहरूको ‘मन्डे फुटसल ग्रुप’ पनि छ। जब लकडाउन भयो तब फुटसल खेल्ने वातावरण बनेन्। त्यसैले शारीरिक तन्दुरुस्तीका लागि उनीहरूले साइक्लिङ सुरु गरे।

स्वास्थ्य सुरक्षा मापदण्डबिनै उडान

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने ‘उद्धार’ उडानका क्रममा एयरलाइन्स कम्पनीले ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गरेका छैनन्। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले विगत चार महिनादेखि नियमित उडान बन्द गर्दै आएको छ। सडक सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान हुँदै आएको छ। उद्धार उडान भर्ने क्रममा सरकारले लागू गरेको उक्त मापदण्डलाई एयरलाइन्स कम्पनीले नेपालगन्जमा पालना नगरेका हुन्।

बिएन्डसीलाई सम्बन्धन दिन बिपीलाई विश्वविद्यालय बनाइने

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपकुलपति ज्ञानेन्द्र गिरीलगायतले काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४औं सिनेट राखेर बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रतिष्ठानलाई विश्वविद्यालयमा परिणत गर्ने निर्णय गराएका छन्।

संक्रमितसँग उठबस गरेको ५ दिनपछि मात्रै कोरोना जँचाउनू : स्वास्थ्य मन्त्रालय

शरीरमा कोरोना भाइरस प्रवेश गरेको ५ दिनसम्म संक्रमण नदेखिने भएकाले यति दिनपछि मात्रै परीक्षण गराउनुपर्ने सल्लाह मन्त्रालयले दिएको हो ।

अस्पताल चुस्त रूपमा सञ्चालन गर्न प्रर्दशन

सिनेट बैठकको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलगायत वरिष्ठ चिकित्सकहरु राजधानीमा पुगेको बेला कोभिड १९ अस्पताल पुर्णरुपमा सञ्चालनमा नआएको बिषयलाई मुद्दा बनाउदै कांग्रेस कार्यकर्ताले दिनहुँ प्रर्दशन गर्न थालेका छन्।

व्यापारीलाई जग्गा दिन चलखेल

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति (जग्गा) निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

६ हजार ५४४ कोरोना संक्रमित निको हुन बाँकी, कुन प्रदेशमा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आइतबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या २२ हजार ९७२ पुगेको हो ।

स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालयमा बिरोध प्रर्दशन

चियाले पोलेर कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी एक वर्षीया बालिकाका शनिबार बेलुका मृत्यु भएको छ । गुलाम मुसलमानकी एक वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सुद्धोदन गाउपालिकाको लवनी घर भएका गुलामले मैनिहवामा सोफिया आल्मुनियम पसल चलाएर बसको छन्।

चाडपर्व मनाउँदा पालना गर्नुपर्छ अब यस्तो मापदण्ड

कोभिड १९ को महामारीको बेला चाडपर्व तथा कुनै पनि उत्सव मनाउनको लागि अबदेखि जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र मनाउनु पर्नेछ । यो अवधिमा पर्व तथा उत्सव मनाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुु पर्ने जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरेको छ ।

नियन्त्रणमा आइसकेको कोरोना संक्रमण एकाएक किन बढ्यो ?

साउनको तेस्रो सातादेखि फेरि दैनिक संक्रमण दर मात्र बढेकाे छैन, संक्रमितको मृत्युसमेत हुन थालेकाे छ। यही अवस्था जारी रहे काठमाडौं उपत्यकासहित देशभर यसले भयावह रूप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

‘लकडाउन विकल्प होइन’

काठमाडौं उपत्यका तथा तराईका जिल्लामा कोरोना भाइरस संक्रमण दर वृद्धि भएपछि विज्ञहरूले जनजीवन सामान्य अवस्थामा ल्याउन स्थानीयस्तरमा लकडाउन तथा सावधानीका अन्य उपाय अपनाउन सुझाव दिएका छन् ।

भारतमा कोराेनाबाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्षमाथिका व्यक्ति : स्वास्थ्य मन्त्रालय

भारतमा कोभिड–१९ संक्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ ।

क्वारेन्टिन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री

बालसेवा समाज नेपाल नेर्पा खोटाङले क्वारेन्टिन व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई १४ लाख बराबरको सामग्री प्रदान गरेको छ ।

रेडक्रस रोल्पाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाईटी रोल्पाले जिल्लाका १० स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना संक्रमणबाट बच्नका लागि उपयोगी मानिएका मास्क, सेनिटाईजर, ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको हो।

नयाँ निर्देशिका : अब यी १० अवस्थाका मानिसले गराउनुपर्नेछ कोरोना परीक्षण

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्