१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नयाँ निर्देशिका : अब यी १० अवस्थाका मानिसले गराउनुपर्नेछ कोरोना परीक्षण

अबदेखि झाडापखाला भएका बिरामीमा पनि कोरोना भाइरस भए/नभएको परीक्षण गरिने भएको छ ।  

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गरेको हो ।  

संशोधित निर्देशिकाअनुसार ज्वरो, कफ, श्वासप्रश्वास र झाडापखालाजस्ता समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिनेछ ।  

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार यी १० अवस्थाका व्यक्तिले कोरोना परीक्षण गराउनुपर्नेछ :

१. लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो, स्वाद तथा गन्ध थाहा नपाउने, झाडापखाला) लगायत समस्या देखिएका सबै बिरामी ।

२. कोरोना संक्रमितको सम्पर्कमा रहेका सबै व्यक्ति

३. श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या (एसएआरआई) भएका

४. विदेश (स्थल तथा हवाई मार्ग) बाट आई ५ देखि ७ दिनसम्म बसेका सबै  

५. अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी

६. १४ दिनयता कोरोना संक्रमण फैलिएको क्षेत्रबाट फर्किएका  

७. आइसियुमा रहेका जुनसुकै बिरामी  

८. दीर्घरोगी, प्रतिरोधात्मक क्षमता कमजोर भएका (विशेषगरी ६० वर्ष कटेका) व्यक्ति

९. चिकित्सकको मूल्यांकनका आधारमा अपरेसन गर्नुपर्ने बिरामी (आपतकालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्न नपर्ने)

१०. चिकित्सकको मूल्यांकनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोरोनाका बिरामीलाई डिस्चार्ज गर्दा पुनः पिसिआर परीक्षण गर्नुपर्नेछ । लक्षण नभएका तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न सकिनेछ । तर कम्तीमा तीन दिन लक्षण हटिसकेको हुनुपर्नेछ।  

नयाँ निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहाेला । 

प्रकाशित: १८ श्रावण २०७७ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App