१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नियन्त्रणमा आइसकेको कोरोना संक्रमण एकाएक किन बढ्यो ?

फाइल तस्बिर : काठमाडौंको महाबौद्धमा स्वाब संकलन गरिँदै

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भनेर ४ महिना  देशभर बन्दाबन्दी  अर्थात् लकडाउन ग¥यो । यस अवधिमा भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई क्वारेटिनमा राखेर स्वास्थ्य (नमुना) परीक्षण, स्वास्थ्य सामाग्री व्यवस्थापनलगायत काम ग¥यो । नभन्दै साउनको पहिलो साता आइपुग्दा दैनिक संक्रमण दर पनि घट्यो ।  

तर यो अवस्था लामो समय रहन सकेन । साउनको तेस्रो सातादेखि फेरि दैनिक संक्रमण दर मात्र बढेकाे छैन, संक्रमितको मृत्युसमेत हुन थालेकाे छ। यही अवस्था जारी रहे काठमाडौं उपत्यकासहित देशभर यसले भयावह रूप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।  

राष्ट्रिय इपिडिमियोलजी तथा रोग नियनत्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जानुमा आम नागरिककै अटेरीपन प्रमुख जिम्मेवार रहेको बताउँछन् । ‘भन्दाभन्दै पनि हामीले जनस्वास्थ्य मापदण्ड पालना गरेनौं, दुई जनाबीचको भौतिक दूरी कायम गरेनौं,’ डा.मरासिनीले भने ।  

साथै खुला सीमाका कारण मानिससँगै कोरोना पनि भित्रिएको डा. मरासिनी बताउँछन् । सरकारले विदेशमा रहेका नेपालीको उद्धार समयमै गर्न नसक्दा पनि कोरोना व्यापक बनेको उनको ठम्याइ छ ।  

ह्याम्स अस्पतालका भाइरालोजिस्ट डा. अनुप सुवेदीको अनुसार पहिलो चरणको लकडाउनमै सरकारले विदेशबाट आएकालाई समयमै परीक्षण गरी संक्रमित पहिचान गर्नुपथ्र्याे । तर बिनापरीक्षण मानिस गाउँगाउँ पुग्नु, संक्रमित सबैको कन्ट्रयाक्ट टे«सिङ हुन नसक्नु, मापदण्ड पूरा नगरिएका क्वारेन्टिन र आइसोलेसनलगायत कमजोरी भएको उनी बताउँछन् । उसो त नागरिककको अटेरीपन पनि उत्तिकै डरलाग्दो भएको डा. सुवेदी बताउँछन् । ‘सबैले जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गरेको भए कोरोना महामारीले यो रूप लिन्थेन,’ उनले भने ।  

सरकारले जनस्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा पालना गराउन नसक्नु अर्को कमजोरी रहेको उनको भनाइ छ । ‘कतिपय जनता सामाजिक सञ्जाल र टेलिभिजन दुवै प्रयोग नगर्ने पनि छन्, उनीहरूलाई पनि कोरोनाबाट बच्ने उपाय बुझाउन सक्नुप¥यो,’ उनले भने ।  

स्वास्थ्य मन्त्रालयका एक विज्ञले भने पहिलो लकडाउन नै नागरिकबाट उल्लंघन हुनु तथा व्यक्तिगत सुरक्षामा ध्यान नदिनु नै कोरोना फैलिनुको मुख्य कारण भएको दाबी गरे । ‘नाकामा सरकारले जुन कडाइ गर्नुपथ्र्यो, त्यो सकेन, भित्रभित्रै अनुमति लिएर तरकारी बोकेकालगायत मालबाहक गाडीमा छिरेर आउनेहरूको कमी भएन, यी मुख्य बाधा हुन्’ उनले भने ।  

विश्वभरि नै कोरोना नियन्त्रण हुन नसकेकाले नेपालमा पनि हुन नसकेको सरकारी अधिकारीको जवाफ छ । ‘विश्वभरि नै कोरोना नियन्त्रण हुन सकेको छैन, यो भाइरसको प्रकृति पनि फरक छ,’ राष्ट्रिय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने । उनले अगाडि भने, ‘हामी रातदिन नसुतेर काम गरिरहेका छौं, गर्दागर्दैै सबै थाकिसकेका छौं,’ उनले भने ।  

प्रकाशित: २२ श्रावण २०७७ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App