२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडकमा ग्राभेल खसाल्ने कामलाई रोक्न गएका नगर प्रहरी कुटिए

शहरी विकास मन्त्रालयबाट आएको बजेटबाट गुपचुप तरिकाले भैरहेको सिमरा–मलाही सडकमा ग्राभेल खसाल्ने कामको बारेमा बुझ्न गएको महागढीमाई नगरपालिकाका नगर प्रहरीलाई बुधबार कुटपिट गरिएको छ। कुटपिटबाट नगर प्रहरी नमिता कुशवाह लगायत घाईले भएका छन्। धारिलो हतियारबाट प्रहार गरिएको कुशवाहाको टाउकोमा चारवटा टाँका लागेको कलैया अस्पतालले जनाएको छ।

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई सशस्त्र ले पुर्यायो क्वारेन्टिनमा

कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ।

प्रहरीको मोष्ट वान्टेड यादव १० वर्षपछि पक्राउ

बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका बाँके डुडुवा गाउँपालिका वडा नम्बर ३ का धर्मासिंह भनिने राजेश यादव १० वर्षपछि पक्राउ परेका छन् ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले पुर्यो सडकका खाल्डा

घोराही तुलसीपुर सडक खण्डका विभिन्न स्थानमा सडक उप्किएर जिर्ण बनेपछि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुरेको छ । पिच उप्किएर सडकमा ठूल्ठूला खाल्डा परेपछि दुर्घटनाको उच्च जोखिम बढेको थियो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुर्न सुरु गरेको हो । काम थालेको हो । प्रहरीले सडकका खाल्डाहरूमा ग्राबेल बिछ्याएको छ ।

बाँके प्रहरीको १७ बुँदे कार्ययोजना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न १७ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएर आएका एसपी ओमबहादुर रानाले सोमबार पत्रकार भेटघाट गरेर आफ्नो कार्ययोजना सार्वजनिक गरेका हुन्।

प्रहरी निरीक्षकले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलासा

सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँग मिलेर सुन एक आपसमा बाँडेको पुष्टि भएको छ ।

कारागार सुरक्षामा अब नेपाली सेना

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिँदै आएको कारागार र ठूला परियोजनाहरूमा नेपाली सेना खटाइएको छ । मन्त्री परिषद्को निर्णय अनुसार सुरक्षामा हिसाबले अति संवेदनशील मानिएका मुख्य परियोजना र कारागारमा जेठ ३२ गते र असार दुई गते सेना परिचालन गरिएको हो । सशस्त्र र नेपाल प्रहरीलाई सीमा तथा अन्य क्षेत्रको सुरक्षामा खटाइने छ ।

ढोल्यामोडमा प्रहरी पोष्ट स्थापना

बैतडीको खोडपे–बझाङ सडकखण्डमा पर्ने पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा प्रहरी पोष्ट स्थापना भएको छ । पुर्चौडी नगरपालिका, सुर्नया र सिगास गाउँपालिकाको सीमामा पर्ने स्थानमा प्रहरी पोष्ट स्थापना गरिएको हो । शान्ति सुरक्षा, चोरी तस्करी र अपराधिक क्रियाकलाप रोक्न सहज होस भन्दै प्रहरी पोष्ट राखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।

प्रहरीका १२ इन्काउन्टर ‘फेक’

प्रहरीले इन्काउन्टरका नाममा निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका विभिन्न उजुरीमाथि विज्ञ समूहले अनुसन्धान गर्दा ती इन्काउन्टर ‘फेक’ भएको खुेलेको छ। विज्ञ समूहले घटनामा दोषी बहालवाला र पूर्वप्रहरीलाई कारबाही सिफारिस गरेको छ।

रौतहटमा क्वारेन्टिनबासी र प्रहरीबीच झडप

क्वारेन्टिनमा रहेकोहरुको स्वाब परीक्षणको नतिजा दुई हप्ता भन्दा बढी समयसम्म नआउँदा क्वारेन्टिनबासीहरु आजित भएर सडक नै जाम गरेर प्रदर्शन गरेका छन् ।

धरानमा पनि युवाहरूको प्रर्दशनः स्वास्थ्यकर्मीलाई ताली, प्रहरीलाई सल्युट

भानुचोकमा भएको प्रर्दशनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए । राष्ट्रिय गीत र राष्ट्रिय झण्डासहित युवाहरू भेला भएका थिए । प्रर्दशनको क्रममा युवाहरूले कोरोना महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको लागि सम्मानको लागि ताली बजाएका थिए । यस्तै, सुरक्षामा खटिएका प्रहरीहरूको लागि पनि सम्मान दर्शाउदै सल्युट पनि गरेका थिए ।

‘दिनभर प्रहरीले लखेटिरहन्छ’

मोटरसाइकलमा हुँईकिदै प्रहरी सिट्टी फुक्दै आउँछ । बजारमा रहेका अन्य पसलहरूको भीडभाडलाई मतलवै गर्दैन । मानौं, त्यहाँ कोरोना संक्रमणको जोखिमै छैन । तर सडक पेटीमा ‘डोकामा तरकारी’ थापेर साँझ विहानको जोहो गर्न थालेका तरकारी व्यवसायी महिलाहरूलाई थर्काउँछ ।

खुलेका पसलमा आज पनि प्रहरीको अवरोध

प्रहरीले आज पनि काठमाडौंमा खुलेका पसलहरुमा अवरोध गरेको छ। मंगलबार व्यापारीहरुले खोलेका पसल बन्द गराउने क्रममा प्रहरी र व्यापारीको घम्साघम्सी समेत भएको थियो। बुधबार पनि प्रहरीले न्यूरोड, महावौद्ध लगायतका क्षेत्रमा खुलेका पसल बन्द गराएको छ।

डेमोक्र्याट पार्टीद्वारा अमेरिकी प्रहरीमा सुधारको प्रस्ताव, ट्रम्पद्वारा आलोचना

अमेरिकी तल्लो सदन कङ्ग्रेसमा बहुमतमा रहेको डेमोक्र्याट पार्टीले सोमबार व्यापक सुधार सहितको प्रहरी कार्यविधि र जवाफदेहीता समेटिएको नयाँ कानुन प्रस्ताव गरेको छ।

एम्बुलेन्सले बाटोमै शव छाडेछ : प्रहरी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्