१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी निरीक्षकले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलासा

सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँग मिलेर सुन एक आपसमा बाँडेको पुष्टि भएको छ ।  

रिमालले गएको मंसिर २२ गते १ सय ११ ग्राम र पुस ११ गते ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट ४ सय २२ ग्राम सुन बरामद गरेका थिए । सुन बाँडेको पुष्टि भएसँगै सीमा प्रहरी चौकी टिमुरेका तत्कालीन प्रहरी निरीक्षक नेपालसहित ४ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।  

रिमालले यात्रुबाट ४ सय २२ ग्राम सुन कब्जा गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी निरीक्षक नेपालले रिमाललाई सुनसहित आवश्यक कारवाही गर्नुपर्नेमा उनलाई कार्यालयबाट बिना कारण आउटरबिदा छोडी निजसँगै पटक–पटक सम्पर्कमा रहेको देखिएको छ ।  

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ विरुद्धको कसूर गरेको अभियोग लगाइएको छ । यस्तै विगो २६ लाख ५२ हजार रुपैयाँको दोब्बर जरिवाना र कैद सजायको पनि माग गरिएको आयोगले जनाएको छ । 

प्रकाशित: ५ असार २०७७ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App