१६ चैत्र २०८० शुक्रबार
समाज

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले पुर्यो सडकका खाल्डा

घोराही स्थित तुलसीपुरमा सडकमा परेका खाल्डा पुरिँदै । तस्बिरः नागरिक

घोराही तुलसीपुर सडक खण्डका विभिन्न स्थानमा सडक उप्किएर जिर्ण बनेपछि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुरेको छ । पिच उप्किएर सडकमा ठूल्ठूला खाल्डा परेपछि दुर्घटनाको उच्च जोखिम बढेको थियो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुर्न सुरु गरेको हो । काम थालेको हो । प्रहरीले सडकका खाल्डाहरूमा ग्राबेल बिछ्याएको छ ।  

‘सडकको पीच उप्किएर विचविचमा ठूल्ठूला खाल्डा परेका थिए, यि खाल्डामा अहिले झरीमो समयमा पानी जम्मा भएर दुर्घटनाको झनै ठूलो जोखिम बढेको थियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरिक्षक प्रेम रेग्मीले भने, ‘दुर्घटना न्यूनिकरणका लागि सडकमा परेका खाल्डा पुर्ने अभियान थालेका हौँ ।’ उनका अनुसार घोराही तुलसीपुर सडक खण्डका थुप्रै स्थानमा यस्ता खाल्डाहरू छन् । 

घोराही क्षेत्रमा तुलसीपुर चोकमा परेका ठूल्ठूला खाल्डाले सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको थियो । ‘निकै व्यस्त बजार क्षेत्रको चोकमा परेका ठूल्ठूला खाल्डाले घोराही क्षेत्रमा दुर्घटनाको जोखिम निकै बढेको थियो,’ रेग्मीले भने, ‘व्यस्त रहने बजार क्षेत्रका खाल्डाहरूलाई प्राथमिकताका साथ पुर्ने काम भएको छ ।’

ट्राफिक प्रहरी कार्यालयले अगुवाई गरेको खाल्डा पुर्ने अभियानमा घोराही उपमहानगरपालिका–१४, फोरलेन सडक बिस्तार गर्ने जिम्मा पाएको निर्माण कम्पनी, टिप्पर व्यवसायीहरूले साथ दिएका थिए । ट्राफिक प्रहरीको आग्रहमा फोरलेन सडक बिस्तार आयोजनाले ग्राबेल उपलब्ध गराइदिएको थियो । 

यसैगरि टिप्पर व्यवसायीहरूले टिप्पर उपलब्ध गराइदिएका थिए भने घोराही १४ नम्बर वडाले ग्राबेल दाब्ने रोलर उपलब्ध गराइदिएको थियो । ‘दुर्घटनाको अधिक जोखिम बढ्दै जान थालेपछि हामीहरूले सरोकारवाला निकायहरूसंग समन्वय गर्यौं,’ प्रहरी निरिक्षक रेग्मीले भने, ‘सबैको सहयोगमा विच सडकमा परेका खाल्डाहरू पुरेर दुर्घटना न्यूनिकरणका लागि उपलब्धिमुलक काम गरियो ।’

प्रकाशित: ८ असार २०७७ ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App