२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सत्ता समर्थकलाई काखा विपक्षीलाई पाखा

कोटेश्वरमा बुधबार केही युवा नाराजुलुस गर्दै थिए। भक्तपुर र ललितपुरतर्फबाट आएका युवा पनि त्यसमै मिसिए। प्रदर्शनकारीहरूको संख्याले कोटेश्वर चोक भरियो। भक्तपुर र ललितपुरतर्फबाट आएका सवारीसाधन त्यतै रोकिए। प्रदर्शनकारीले सडक अवरोध गरेपछि चालकले हर्न बजाए। पछि मात्रै प्रहरीले भिडलाई छेउ लगायो।

प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग

प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।

प्रहरी महानिरीक्षकमा थापाक्षेत्री

प्रहरी कर्मचारीमा संगठनप्रतिको विश्वास र गौरवबोध पुनस्र्थापित गर्नु नयाँ आइजिपीका अगाडि मुख्य चुनौतीका रुपमा रहेको छ।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

शैलेश थापा २८ औ प्रहरी महानिरीक्षक

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा (आइजीपी) मा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ । २८ औ महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नियुक्त गरेको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

प्रदेश १ मा ८२१ प्रहरी दीक्षित

प्रदेश १ बाट ८ सय २१ जना प्रहरी दीक्षित भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सोमबार आयोजित दीक्षान्त समारोहमा १ सय ३७ औं आधारभूत तालिमका ९८ महिलासहित ८ सय २१ जना प्रहरी जवान पदमा दीक्षित भएका हुन् ।

भारतमा एकजना डिएसपीसहित आठ प्रहरीको हत्या

भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ।

प्रहरी महानिरीक्षक भन्छन् : अपराधीहरु छिन्नभिन्न भएका छन्

नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले प्रहरीको सकृयताका कारण अपराधीहरु छिन्नभिन्न भएको बताएका छन्। महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरको नवनिर्मित व्यारेक भवनको उदघाटन गर्दै उनले अपराधीक समूह र गतिविधिलाई निमिट्यान्न पारेको दाबी गरेका हुन्।

संक्रमित प्रहरी जवानको सम्पर्कमा रहेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङमा कोरोना संक्रमित प्रहरी जवानको परिवार तथा उनको सम्पर्कमा रहेका अन्य प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रहरी जवानलाई कोरोना संक्रमण

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनले काजमा काम गरेको प्रहरीचौकीका प्रहरी र उनका परिवारको पिसिआर परीक्षणको तयारी गरिएको छ ।

प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि भएपछि समुदायमा त्रास

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि त्रास फैलिएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित अस्थायी प्रहरी चौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनको गाउँ, अस्थायी प्रहरी चौकी र उनी पुगेका आफन्तको घरमा त्रास फैलिएको हो ।

रौतहटमा दुई असई र एक प्रहरी निलम्बित

रौतहटमा नेपाल प्रहरीका दुई जना असई र एकजना प्रहरी जवान निलम्बनमा परेका छन्। तीन दिनअघि रौतहटको प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सन्जीप झालाई मध्यरातमा आपत्तिजनक अवस्थामा भेटिएका थिए।

लगाइराखेको सुन चुँडालेर भाग्ने दुई जना पक्राउ

भक्तपुरको उतरी क्षेत्रमा रहेको त्रिसुलडाँंडामा एकजना महिलाले कानमा लगाइराखेको सुन चुँडालेर लुटी भाग्ने दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका तेलकोट त्रिसुलडाँडामा रहेकी महिलाको कानबाट सुन चुँडालेर भाग्ने ती दुई जनालाई प्रहरीले लखेटेर पक्राउ गरेको जनाइएको छ ।

घुससहित प्रहरी निरीक्षक पक्राउ

कानुन व्यवसायीमार्फत सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

लागूऔषध कारोबारमा सुरक्षाकर्मी नै संलग्न ! प्रहरी निरीक्षक शाही पक्राउ

लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागूऔषध कारोबारमा संलग्न रहेको भेटिएका हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्