७ वैशाख २०८१ शुक्रबार
समाज

घुससहित प्रहरी निरीक्षक पक्राउ

कानुन व्यवसायीमार्फत सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता  प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सिंहले मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय विक्रम विष्टमार्फत सेवाग्राहीसँग घुस/रिसवतबापत ५० हजार लिइसकेको अवस्थामा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१ स्थित लिगल एडभोकेट सर्विस सेन्टरबाट उनलाई नियन्त्रणमा लिएकाे हाे । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ कोइरालाले जानकारी दिए ।

प्रकाशित: १२ असार २०७७ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App