सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा (आइजीपी) मा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ । २८ औ महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नियुक्त गरेको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।
उनी नेपाल प्रहरीका भूतपूर्व डिआइजी शम्भू थापाका छोरा हुन् ।
प्रकाशित: २३ असार २०७७ १३:२१ मंगलबार