२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बम्जन आश्रम प्रकरण: सञ्चलाल अनुसन्धानमा प्रहरी केन्द्रीत

‘तपस्वी’ रामबहादुर बम्जनका विभिन्न आश्रमबाट बेपत्ता भएका पाँच अनुयायीमध्ये मकवानपुरका सञ्चलाल वाइबाको अनुसन्धानमा प्रहरी केन्द्रीत भएको छ। उनको आश्रमभित्रै हत्या भएको बलियो तथ्य बाहिरिएपछि प्रहरी पहिलो चरणमा सञ्चलालको अनुसन्धानमा केन्द्रीत भएको हो।

फेसबुक र भाइवरबाट सन्देश पठाई ठगी गर्ने पक्राउ

चिट्ठा पर्यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन्।

बम्जन आश्रम फलोअप: नुनका पोका र कोइला लिएर फर्कियो सिआइबी टोली

‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ।अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

कंसाकारलाई कालोमोसो दल्ने एक पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध चन्द्रागिरी नगरपालिका ४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन्। तामाङलाई आइतबार थानकोटबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

गौर सिसिटिभी क्यामेराको निगरानीमा

सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका रौतहट सदरमुकाम गौरका गतिविधि निगरानी गर्न विभिन्न दस स्थानमा उच्च प्रविधिको सिसिटिभी क्यामेरा जडान गरिएको छ।

‘सुरुमै प्रतिकार गरे यौनजन्य अपराध हुन पाउँदैन’

‘जोकोहीको यौनजन्य नियत सुरुमै थाहा पाइन्छ, चाल पाइन्छ। त्यसैले, तत्काल प्रतिकार गरिहाल्नुस्, अपराधीलाई कुनै मौका नदिनुस्।’ यो भनाइ हो, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीको। बढ्दो बलात्कार र हिंसा न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले बिहीबार दिक्तेल बहुमुखी क्याम्पसमा आयोजित विद्यार्थीसँग प्रहरी कार्यक्रममा सहभागी छात्रछात्रालाई यौनजन्य हिंसाबाट बच्ने उपायबारे बताउने क्रममा डिएसपी केसीले उल्लिखित भनाइ प्रस्तुत गरेका हुन्।

विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकी छिन्। घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

सर्लाहीमा विद्यालय सञ्चालकको विभत्स हत्या

सर्लाहीमा एक निजी विद्यालय सञ्चालकको विभत्स हत्या भएको छ। ढुंग्रेखोलाको जिरायत स्थित सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक एवं सोही विद्यालयका शिक्षक मालिक महतोको शुक्रबार राती हत्या भएको हो।

अपराध नियन्त्रण गर्न कैदीबन्दीको सुझाव

जिल्ला कारागार जुम्लाका कैदी बन्दीले अपराध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् । कारागार जुम्लाको अनुगमनमा निस्केका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई  उनीहरुले पछिल्लो समयमा अपराधका क्रियाकलाप बढ्दै गईरहेको भन्दै अपराध नियन्त्रण गर्ने र कारागार नै नचाहिने खालको कानुन बनाउन सुझाव दिएका हुन।

अपराधीको अखडा बन्दै सीमाक्षेत्र

जिल्लाको दक्षिणी सीमावती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ। हत्या, अपहरण र लुटपाटजस्ता आपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ। खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारततर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ।

वारि अपराध, पारि आश्रय

जन्मदिनको पार्टीको बहानामा बोलाएर लहान नगरपालिका–११ स्थित भोटियाटोलको आँप बगैचामा दुई युवतीलाई सामूहिक बलात्कार गरियो। बलात्कृत लक्ष्मीपुर पतारीका १६ वर्षीया र २० वर्षीया किशोरीलाई चिनजानकै युवकले जन्मदिनको पार्टीमा बोलाएका थिए।

रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिका बालात्कृत

महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रुपन्देहकिो देवदहमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्।

पीडितले भुल्यो, कानुनले भुलेन

ज्यान मार्ने उद्योगका मुद्दामा दोषी ठहरिएका केपिलासगढी गाउँपालिका–७ सुँदेलका ५६ वर्षीय सानकुमार राई ११ वर्षपछि जेल चलान भए। ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ वैशाख २० गते छ वर्ष सात महिना १० दिन कैद सजाय सुनाइएका उनी मंसिर १४ गते कारागार चलान भएका हुन्।

निर्मलालाई न्याय माग्दै राष्ट्रपति निवास अगाडि धर्ना, प्रदर्शनकारी पक्राउ

निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्।

डिएसपीसँग अभियुक्तको ‘बार्गेनिङ’

जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकको मोबाइल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाइल नम्बरबाट फोन आयो। डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, ‘डिएसपी सा’प नमस्कार।’ डिएसपीले नमस्कार भन्दै सोधे, ‘को बोल्नु भएको होला ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्