१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कंसाकारलाई कालोमोसो दल्ने एक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध चन्द्रागिरी नगरपालिका ४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन्। तामाङलाई आइतबार थानकोटबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। 

वाइड बडी खरिदमा अनियमितता गरेको भन्दै वैद्य माओवादीका कार्यकर्ताले कंसाकारलाई शुक्रबार अपराह्न उनकै कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए। 

प्रकाशित: २२ पुस २०७५ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App