५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फेसबुक र भाइवरबाट सन्देश पठाई ठगी गर्ने पक्राउ

काठमाडौं– चिट्ठा पर्यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन्। उनीहरुको साथबाट प्रहरीले ५० हजार रुपैयाँ बरामद गरेको छ। उनीहरुले आइएमइबाट छ लाख रुपैयाँ निकालेको अनुसन्धानमा क्रममा देखिएको प्रहरीले जनाएको छ।

काठमाडौँको गोङ्गबुबाट २३ हजार डलरजस्तो देखिने कागजको बिटासहित सिन्धुलीका कुमसिंह घिसिङ र सोही ठाउँका प्रेमबहादुर तामाङलाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरुले रु दुई लाखभन्दा बढी ठगेको खुल्न आएको र काठमाडौँका विभिन्न स्थानमा डलर साटिदिन्छु भनी एकान्तमा लगि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ।

यस्तै तीन वटा नागरिकता बनाई सामान ठगी गर्ने धनगढीका वासुदेव मैनाली पक्राउ परेका छन्। उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी रु ४० लाखभन्दा बढी ठगी गरेको खुल्न आएको छ। उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। यता वैदेशिक रोजगार विभागमा विचौलिया गर्दै आएका सात जनालाई समेत प्रहरीले मंगलवार पक्राउ गरेको छ। उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।रासस

प्रकाशित: २४ पुस २०७५ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App