विकास-निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।
अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइजमा आधारित लिग गर्ने तयारी गरेको छ। ।
प्रतिनिधिसभाका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको दुई पटक नागरिकता सच्याएको प्रमाण संसदीय समितिमा पुगेको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसँग बयान लिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)खरिद प्रकरणमा जोडिएपछि आयोगले दुई दिन अघि मुख्यसचिव अर्यालसँग बयान लिएको हो।
यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।
सङ्घीय संसद्को महासचिव नियुक्तिमा सभामुख र राष्ट्रियसभाका अध्यक्षको अस्वाभाविक दबाब भइरहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्ट कार्ड लाइसेन्स छपाइ मेसिन र सफ्टवेयर खरिद गर्न यातायात व्यवस्था विभागले सुरु गरेको प्रक्रियामा अनियमितता भए÷नभएको विषयमा छानबिन गर्न आइतबार मन्त्रालयका उपसचिव विनोद खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता टिकाउनका निम्ति शक्ति राष्ट्रसँग प्रधानमन्त्रीले सौदाबाजी गरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले १५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन निर्देशन दिएका छन्। बुधबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आएको गृहमन्त्रालयको टोलीलाई प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएको स्रोतले बतायो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ। राखेपले गठन गरेको पेश्की तथा बेरुजू फस्र्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन्। माघ १ बाट लागु हुनेगरी प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका हुन्।
पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ।बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए।
सरकारले कार्य विभाजन नियमावली परिमार्जन गरी फोहोर मैला व्यवस्थापनको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहरी विकास मन्त्रालयलाई दिएको छ। मन्त्रिपरिषद्को गत मंसिर ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।