३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री सचिवालयबाट हटाइयो १३ जना

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन्। माघ १ बाट लागु हुनेगरी प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका हुन्।

बिदा हुनेमा ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन्।

त्यसो त आफ्नै सचिवालय देखि मन्त्रीहरूको परम्परागत शैलीप्रति असन्तुष्ट दाहालले त्यसलाई बदल्ने दाबी गरेका थिए। त्यससँगै उनले आफ्नै सचिवालयको हेरफेरसहित प्रधानमन्त्री कार्यालयमा कर्मचारी व्यवस्थापनसहितका काम थालेका हुन्। त्यस क्रममा प्रधानमन्त्री दाहालले डेढ दर्जन सचिवालयमा कार्यरत व्यक्तिहरूलाई हटाएका छन्। साथै दाहालका प्रमुख राजनीतिक सल्लाहकार र हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन्।

प्रधानमन्त्री दाहालको प्रेस सल्लाहकारमा गोविन्द आचार्य, परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा, प्रशासनिक सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीका साथै प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा छोरी गंगा दाहाल र रमेश मल्लसहितका भने अहिले सचिवालयमा छन्।

प्रकाशित: २ माघ २०८० ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App