२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

कबड्डीमा फ्रेन्चाइज लिगको तयारी

अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइजमा आधारित लिग गर्ने तयारी गरेको छ। नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाईमा गर्ने गरी संघले तयारी थालेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव अरविन्दकुमार झाले जानकारी गराए।

 भारतपछि विश्वमै नेपाल कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्ने दोस्रो राष्ट्र हुने भएको आयोजकले जनाएको छ। त्यसका लागि आयोजक कबड्डी संघकी अध्यक्ष तुलसी थापा र एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष अमित बेगानीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

प्रकाशित: १३ माघ २०८० ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App