६ आश्विन २०८१ आइतबार
image/svg+xml

हमास हमलामा १० नेपाली मारिए, तत्काल उद्धार गर्न सरकारसँग माग

इजरायलस्थित नेपाली दूतावासले आइतबार राति विज्ञप्ति जारी गरेर आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

बङ्कर भित्रबाट कल्पना भन्छिन्: कति बेला के हुन्छ थाहा छैन, चाउचाउ र पानीको भरमा छौँ

जोशीले सबै जना नेपालबाट ल्याएको चाउचाउ र पानीको भरमा बाँचिरहेको बताइन्। सानो बङ्कर भएकाले बसाई निकै कष्टकर भइरहेको उनको भनाइ छ।

इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’

हमास समूहले निरन्तर गरिरहेको बम हमलाका कारण असुरक्षित छन् समर्पण लगायत उनका साथीहरू। अनि बङ्कर भित्रै उनीहरूको बसाई छ।

कृषि विश्वविद्यालय रामपुरबाट इजरायल गएका १ सय १९ विद्यार्थी हालसम्म सुरक्षित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ।

इजरायलमा ४ हजार ७६५ नेपाली

आइतबार प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिएको जानकारी अनुसार इजरायलमा ४ हजार ७६५ नेपाली छन्।

संसदमा परराष्ट्रमन्त्रीको जानकारी: इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन

आइतबार प्रतिनिधिसभाको बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री साउदले १२ नेपाली सम्पर्कविहीन भएको बताएका हुन्।

इजरायलमा फसेका नेपालीको अवस्थाबारे गृहमन्त्रीको चासो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा फसेका नेपालीको अवस्थाबारे चासो राखेका छन्।

इजरायलमा ९ जना नेपाली घाइते, ३ जनाको उद्धार: एनआरएनए

गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा ९ जना नेपाली घाइते र ३ जनाको उद्धार गरिएको जनाएको छ।

आफ्ना नागरिकको रक्षा र उद्धार गरिदिन इजरायलसँग नेपाल सरकारको आग्रह

नेपाल सरकारले इजरायलमा रहेका नेपालीलाई उद्धार गरिदिन इजरायल सरकारसँग आग्रह गरेको छ।

अमेरिका जान इजरायलीले भिसा लिनु नपर्ने

इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ।

नाइन एन-एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिँदै

नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिएको छ। निगमले १७ सेप्टेम्बर आइतबार उक्त जहाज मर्मतको लागि इजरायल लगेको हो।

मोरक्कोको सफलतामा अरबी एकता

मोरक्को सरकारले अल्जेरियासँग सम्पूर्ण सम्बन्ध तोडे पनि त्यहाँका समर्थकसमेत कतारमा मोरक्कोको झन्डा फहराइरहेका छन्। यता अल्जेरियाको सरकारी टेलिभिजनले भने मोरक्कोले जितको समाचारसमेत प्रसारण गरेको छैन।

वेस्ट बैंकको आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु

प्रान्तीय प्रशासनको स्रोतले एएफपीलाई मृतक अबेद हाजेम रहेको जानकारी दिएको छ।

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ। बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ।

युद्धविराम गर्ने सहमतिमा इजरायल र विद्रोही लडाकु समूह

लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र सर्वत्रको दबावपछि युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्