१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

इजरायलमा ९ जना नेपाली घाइते, ३ जनाको उद्धार: एनआरएनए

गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा ९ जना नेपाली घाइते र ३ जनाको उद्धार गरिएको जनाएको छ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थाको तर्फबाट शनिबार एक विज्ञप्ति जारी गर्दै सो घट्नाको निन्दा गरेका छन्।

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना  नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदले जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि संघका अध्यक्ष डा. केसीले इराजयलस्थित नेपाली समुदाय, नेपाली दुतावास र संघसँस्थाका प्रतिनिधिहरुबीच आपतकालिन बैठकको गरेका थिए। संघले त्यहाँ अल्पत्रमा परेका नेपालीहरुको उद्धारको लागि तत्कालै काम थालेको छ।

प्रकाशित: २१ आश्विन २०८० ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App