२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नाइन एन-एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिँदै

नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिएको छ। निगमले १७ सेप्टेम्बर आइतबार उक्त जहाज मर्मतको लागि इजरायल लगेको हो।

एओजी सिचुएसन र दशैं तिहार जस्ता यात्रुचाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेतापश्चात् उक्त एमआरओ कम्पनीले मर्मत गर्नुपर्ने इन्जिन फेरबदल गर्न १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराइसकेको हुँदा १७ सेप्टेम्बर बेलुकी २३ः३० बजे इजरायल उडान गरेको निगमले जनाएको छ।

निगमले मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी मिति २२ सेप्टेम्बरमा जहाज काठमाडौं अवतरण गर्ने जानकारी दिएको छ।

प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी रहेको जनाएको छ।

यसै सन्दर्भमा निगमले नाइनएन–एकेएक्स जहाज ग्राउण्डेड भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूमा आएका समाचारप्रति निगमको ध्यानाकर्षण भएको उल्लेख गरेको छ। यस्तै निगमले वायुयान एक विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले यसका विभिन्न पार्टपुर्जामा बेला बखत समस्या आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मत सम्भार पश्चात् नियमित उडान सञ्चालन गर्नु एक सामान्य अभ्यास भएको जनाएको छ।

प्रकाशित: १ आश्विन २०८० ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App