३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कृषि विश्वविद्यालय रामपुरबाट इजरायल गएका १ सय १९ विद्यार्थी हालसम्म सुरक्षित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ।

कृषि विश्वविद्यालय रजिष्ट्रारको कार्यालय रामपुरले आज एक विज्ञप्ती जारी गर्दै यहाँबाट सन् २०२२ र २०२३ मा गएका सम्पूर्ण विद्यार्थी सकुसल रहेको जानकारी गराएको हो। शनिबारदेखि इजरायलमा आतंकारी हमला भइरहेको छ। 

‘कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायलमा सन् २०२३ मा ११३ र सन् २०२२ मा ६ जना गरि १ सय १९ जना विद्यार्थी गएका छन्। हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरु इजरायलमा सकुसल रहेको जानकारी मिलेको छ,’–रजिष्ट्रार शारदा थपलियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

यस अफ्ठ्यारो अवस्थामा विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न विश्वविद्यालयले नेपाल सरकारका विभिन्न निकाय तथा रमाट नेगेभ इन्टरनेशनल ट्रेनिङ सेन्टरलाई अनुरोध गरेको थपलियाले जानकारी दिएकी छन्। उनले विद्यार्थीहरुसंग निरन्तर सम्पर्कमा रहिराखेको बताउँदै स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भएबमोजिमका सुरक्षाका उपायहरु अपनाउन अनुरोध गरेको बताइन्।

असहज अवस्थामा इजरायल स्थित विद्याथीहरुका अभिभावक, पदाधिकारी, शिक्षक कर्मचारी, विद्यार्थीहरुलाई संयमित रहन विश्वविद्यालयले अनुरोध समेत गरेको छ। हिजो इजरायलमा भएको आतंककारी हमलाको कृषि तथा वन विज्ञान विश्वविद्यालयले खेद प्रकट छ।

प्रकाशित: २१ आश्विन २०८० १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App