१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

इजरायलमा फसेका नेपालीको अवस्थाबारे गृहमन्त्रीको चासो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा फसेका नेपालीको अवस्थाबारे चासो राखेका छन्।  

प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको शनिवार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू फसेका कारण उनीहरूको अवस्थाबारे गृहमन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन्।  

उनले आज इजरायलस्थित नेपाली राजदुत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरसँग लडाइँमा फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन्।  

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएको बताइएको छ।

नेपाली राजदुत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भैरहेको बताइन्। त्यस्तै इजरायली राजदुत गोडरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताए।

प्रकाशित: २१ आश्विन २०८० ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App