१० मंसिर २०८१ सोमबार
image/svg+xml

पर्यटक आउने सहज व्यवस्था मिलाउनु पर्छ: होटल व्यवसायी

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए।

अन्नपूर्ण आधारशिविर क्षेत्र असोज पहिलो सातादेखि खुल्ने

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका अन्नपूर्ण आधारशिविर क्षेत्रका होटल असोज पहिलो सातादेखि खुल्ने भएका छन् ।

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

महालक्ष्मी विकास बैंक र होटल शम्बलाबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगन्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन्।

बेगनासका होटल खुले, महामारीको त्रास कायमै

'दुई हप्ताबाट आन्तरिक पर्यटक आउन सुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौं', बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, 'विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप लगाउन अनिर्वाय छ।

होटल व्यवसायीका दुःख: न खोप, न खोल्ने अनुमति

झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्यवसायीहरु कोरोनाविरुद्धको खोपमासमेत प्राथमिकतामा नपर्दा निराश भएका छन्। बन्दाबन्दी र निषेधाज्ञाको प्रत्यक्ष मार होटल व्यवसायमाथि छ। पर्यटन क्षेत्र ठप्प हुँदा र जिल्लाभित्रै पनि मानिसको आउजाउ घटेपछि प्रायः होटल सुनसान बनेका छन्।

दैलो उघार्दै लेकसाइडका होटल

कोरोना भाइरस संक्रमणको दोश्रो लहरसँगै बन्द रहेका पोखराका ठुला आकारका होटल संचालनमा आउन थालेका छन् । पर्याप्त पाहुना नभएपनि होटललाई चल्तीकै अवस्थामा टिकाइरहनका लागि पनि होटल संचालनमा ल्याउनुपरेको व्यवसायीले बताएका छन् ।

कोरोना कहरः मासिक १० अर्ब गुमाउँदै पर्यटन क्षेत्र

सुदर्शन कार्कीले २०६० सालदेखि चरिकोटमा होटल चलाउँदै आएका थिए। कोरोना महामारी आउनु र लकडाउन हुनुअघिसम्म उनको होटल आन्तरिक पर्यटकले भरिभराउ हुन्थ्यो।

प्रचलित नीतिमा होटल चलाउन कठिन : हान

होटल संघ नेपाल (हान)ले संक्रमणकालीन व्यवस्था अनुरूप होटल उद्योगलाई बचाई राख्न निर्धारण गरेका कानुन तथा नीति अनुसार चल्न नसकिने जनाएको छ।

कोरोना महामारीमा होटल व्यवसायीको साथ

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन् । उनीहरुले होटल व्यवासाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामाग्री खरिद गरि स्थानीय सरकारलाई प्रदान गर्न थालेका हुन् ।

कामदारलाई पाँच दिन होटल क्वारेन्टिन

मन्त्रिपरिषद्ले जारी गरेको नयाँ मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट फर्कनेसँग कोरोनाको नेगेटिभ पिसिआर रिपोर्ट र होटल बुकिङ हुनुपर्नेछ।

होटल व्यवसायलाई जोगाउन होटल संघको माग

होटल संघ नेपाल (हान)ले होटललाई कोरोनाले सिर्जना गरेको विषम परिस्थितिमा होटल व्यवसायलाई जोगाउन प्रचलित नीति–नियम र कानुनी प्रावधानहरू स्थगन गर्दै सकारात्मक विभेद सहितको विशेष नीति अख्तियार गर्न सरकारसँग माग गरेको छ।

फेरि सुस्ताए हलेसीका होटल

हाल हलेसीमा सञ्चालनमा रहेका साना तथा ठूला लगानीका होटलमा ताला लागेको छ । ग्राहक नआउँदा हलेसीका होटल व्यवसायीलाई दैनिक औसतमा १० लाखको घाटा भइरहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए ।

क्वारेन्टिनको लागि १० होटल तयार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई सिधै क्वारेन्टिनका लागि तोकिएका होटलमा लैजाने सरकारको तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार तोकिएका होटलहरू ललितपुर र भक्तपुरका एक–एकसहित काठमाडौंका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्