१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

क्वारेन्टिनको लागि १० होटल तयार

भारतबाट हवाई मार्गबाट आउने यात्रु राख्न आठवटा होटल तयार गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई सिधै क्वारेन्टिनका लागि तोकिएका होटलमा लैजाने सरकारको तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार तोकिएका होटलहरू ललितपुर र भक्तपुरका एक–एकसहित काठमाडौंका छन्। 

मन्त्रालयका अनुसार नेपाल भित्रिने यात्रुले होटल बुक गरेको प्रमाण देखाउनुपर्नेछ। यात्रुको लागि भक्तपुरको ए वान रिसोर्ट, ललितपुरको भ्यु भृकुटी, गुहेश्वरीको माधव होटल, गौशालाको आमदब्लम, रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटल र फार्म हाउस रिसोर्ट तोकिएको मन्त्रायले जनाएको छ। तोकिएका होटलको क्षमता १० देखि ९१ कोठाको छ। बुक गरेको होटलले नै विमानस्थलबाट यात्रुलाई लैजाने, खाने र बसोबासको  व्यवस्था गर्नेछ।

प्रकाशित: २३ वैशाख २०७८ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App