८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना महामारीमा होटल व्यवसायीको साथ

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन् । उनीहरुले होटल व्यवासाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामाग्री खरिद गरि स्थानीय सरकारलाई प्रदान गर्न थालेका हुन् । 

जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ का होटल व्यवसायी गगन बडुवालले नौ प्रकारको स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरेर गाउँपालिकालाई बुझाएका हुन्। उनले भने, ‘सबै मिलेर कोरोना संक्रमण हुन दिनु हुदैन। कोरोना रोकथाम तथा नियन्त्रणमा सामुहिक पहलको खाँचो छ। यो एक व्यक्तिगत र सरकारले मात्र नियन्त्रणमा लिन सक्दैन। सबैले सके जतिको सहयोग गरौँ। कोरोना भाइरस मुक्त स्थानीयतह बनाऔँ। ’

होटल व्यवसायी बडुवालले पिपिई ५० सेट,हस्पिटल गावन १५० पिस, सेनिटाइजर १ सय एमएलका १८ वोत्तल, गमबुट ४ सेट, एन नाइन्टी फाइभ मास्क ५० पिस प्रदान गरेका हुन्। उनले युटिएम १०० थान, ग्लोब्स १ हजार सेट, सुट कभर ५० र हेड क्याप ५० पिस उपलब्ध गराएका हुन्।  

होटल व्यवसायी बडुवालले थपे, ‘कोरोना संक्रमण रोक्न पहिलो स्टेपमा स्वास्थ्यकर्मी छन्। यो सामाग्री उनीहरुले प्रयोग गरेर संक्रमितको उपचार र रेखदेख गरुन भनेर व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री दिएका छु। यो सामाग्रीको सही रुपमा सदुपयोग भएर कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने आशा छ।’

उनले कनकासुन्दरी गाउँपालिकालको आँगनमै गएर गाउँपालिका अध्यक्ष नरबीर रावतलाई हस्तान्तरण गरेका थिए। अध्यक्ष रावतले भने, ‘कोरोना संक्रमण फैलन नदिनकाृ लागि व्यक्तिगत रुपमा व्यवसायीले गरेको साथले खुसि मिलेको छ। यो कार्यले यहाँका उद्योगी, व्यवसायी, शिक्षक,बुद्धिजीवि सबै मिलेर कोरोनो नियन्त्रणमा लाग्ने उर्जा मिलेको छ।’

स्थानीयतहले कोरोना संक्रमण फैलन नदिन गर्नु पर्ने सवै सावधानी अपनाएको छ। तर सरकारको एक प्रयासले यो संभव छैन् । साथैले साथ दिनुस, कोरोनालाई सहजै रुपमा जित्न सकिने छ।'प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले कोरोना संक्रमण रोक्न समग्र गाउँपालिकाबासीको साथ रहेको प्रतिक्रिया दिए । उनले भने,‘कोरोना संक्रमितको उर्जा बढाउनु र संक्रमण रोक्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नु अहिलेको आवश्यकता हो। ’  

यसअघि जुम्लाको उद्योग बाणिज्य संघ जुम्लाले कोरोना संक्रमितका लागि लक्षित गर्दै कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।कोरोना संक्रमणका लागि जिल्लामा निषेधाज्ञा छ। होटल, उद्योग,कलकारखाना ठप्प छन्। तैपनि होटल व्यवसायी बडुलालले आफ्नै खर्चमा स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरेर गाउँपालिकालाई दिए।

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App