coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रचलित नीतिमा होटल चलाउन कठिन : हान

होटल संघ नेपाल (हान)ले संक्रमणकालीन व्यवस्था अनुरूप होटल उद्योगलाई बचाई राख्न निर्धारण गरेका कानुन तथा नीति अनुसार चल्न नसकिने जनाएको छ।  

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवसँगको भेटमा हानले कोरोनाका कारण थला परेको होटल उद्योग अहिलेको अवस्थामा प्रचलित कानुन र नीति अनुसार चल्न नसक्ने भन्दै संक्रमणकालीन नीति अघि सार्नुपर्ने माग अघि सारेको छ।

होटल उद्योगको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सरकारले यो समयमा तलबमान वृद्धि नगर्न विभिन्न बैठकमा सुझाव राखी सहमत भए तापनि नयाँ तलबमान वृद्धिमा होटल उद्योगलाई पनि एउटै समूहमा राखिएको भन्दै हानले असन्तुष्टि पोखेको छ। नेपाल राजपत्रमा प्रकाशित श्रमिकको नयाँ तलबमान होटल क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको हानको भनाइ छ।  

सम्झौतामा होटलको स्तर अनुसार विभिन्न परिमाणको तलबमान तोकिएकोले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको हुँदा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका गर्नसमेत हानले आग्रह गरेको छ।  

आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट बेहोर्ने घोषणा भए तापनि वर्तमान अवस्थालाई ध्यानमा राखी अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराई सामाजिक सुरक्षा कोषप्रति आकर्षण अभिवृद्धि गर्न फरक नीति अवलम्बन गरिनुपर्ने हानको भनाइ छ।

प्रकाशित: ३ असार २०७८ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App