२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मनाङको फू बाट बिरामी पर्यटकको उद्धार

मनाङको हिमलुङ हिमाल (७,१२६मि) आरोहण गरेर फर्केपछि बिरामी परेका आरोहीको हेलिकप्टरबाट उद्धार गरिएको छ। आरोहण पुरा गरेर फर्केका स्वीडेनका दुइजना आरोहीको उद्धार गरिएको हो। उनीहरुलाई मनाङको माथिल्लो भेग फू (४०८० मि) बाट उद्धार गरि काठमाडौं पठाएको छ।

उत्तरी गोरखाबाट एक सिकिस्त बिरामीको समाजसेवी बजगाईको सहयोगमा उद्धार

हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो। खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए।

भारतबाट उद्धार गरिएका १६ बालक अभिभावकको जिम्मामा

गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो।

भारत पुर्‍याइएका १६ बालकको उद्धार

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन्।

सप्तकोशीमा हाम्फालेर आत्महत्या गर्न खोज्ने एकै परिवारका चारजनाको उद्धार

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशी नदीमा हाम फाली सामूहिक आत्महत्या गर्न खोजिरहेको भन्ने खबर स्थानीयबासीबाट जानकारी आएपश्चात तत्काल प्रहरी चौकी कोशी ब्यारेजको टोलीले उनीहरुलाई उद्धार गरेको हो।

चार महिनादेखि घरमै थुनिएकी महिलाको उद्धार

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित जनप्रनिनिधिहरूले आर्थिक अभावका कारण उपचार हुन नसकेर घरमै ‘बन्धकझैं’ रहेकी मानसिक सन्तुलन गुमेकी एक महिलाको उद्धार गरी उपचार र संरक्षणको पहलकदमी लिएका छन्।

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ।

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

सैनामैनाबाट अपहरणमा परेका दाजुबहिनीको बिर्तामोडबाट उद्धार

पौडेल नातामा बालबालिकाका फुपाजु हुन्। घरायसी रिसइबी र श्रीमतीसँगको बेमेलको बदला लिन बालबालिकाको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पौडेल यसअघि आफ्नै श्रीमतीविरुद्ध गरेको अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत मुद्दामा थुनामा परेका व्यक्ति हुन्।

मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार

एनआरएनएले लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ।

हिउँमा फसेका १४ जनाको उद्धार

साथै बाक्लो हिमपातका कारण रुकुम पूर्वदेखि बागलुङसम्म जाने सडक अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जनाए। हिउँ पन्छ्याउने काम भइरहेकाले एक/दुई दिनमा उक्त बाटो सुचारु हुने उनको भनाइ छ।

हिउँमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ। मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्