९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उत्तरी गोरखाबाट एक सिकिस्त बिरामीको समाजसेवी बजगाईको सहयोगमा उद्धार

फोटो: बिरामी उद्धार गरिँदै।

गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ। नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिस मार्फत मंगलवार उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले बताए। घलेलाई थप उपचारकालागि काठमाण्डौँको टिचिङ हस्पिटल लगिएको छ।  

‘बिहानैदेखि हेलिकप्टर खोज्यौँ, हामीले मगाउन सकेनौँ’ उनले भने ‘गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईलाई फोन गर्‍यौँ, उहाँले हेलिकप्टर कम्पनी सँग समन्वय गरिदिनुभयो, अनि हेलिकप्टर आयो।’ हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो। खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए।  

उत्तरी गोरखाको धार्चे र चुमनुब्रीका सबै गाउँ सडक सञ्जालले जोडिएको छैन। दुर्गम भेगमा सुत्केरी, गर्भवती, गम्भिर घाईतेको उद्धारमा पर्यटन ब्यवशायी एवं समाजसेवी राजेन्द्र बजगाईले हेलिकप्टर छिटो खोजिदिने र सहज उद्धारमा सहयोग गर्दै  आएको स्थानीय बताउँछन्। ‘यस अघि पनि यहाँ हेलिकप्टर चाँहिदा हामीले मगाउन नसक्दा उहाँलाई फोन गर्ने गरेका थियौँ, उहाँको समन्वयमा उद्धार, उपचारमा सहज भएको छ’ श्रीलाल गुरुङले भने।  

बजगाईले भने आफु चुनावी अभियानका क्रममा घरदैलोमा मतदाता भेट्ने क्रममा रहेको बताउँदै भने ‘त्यहाँका स्थानीयले सहयोग अपिल गरेकाले सामाजिक भावनाले पहिलेदेखि गरिआएको कामलाई निरन्तरता दिएको हुँ, त्यो एउटा जिवन बचाउने मानविय काम मात्र हो।’

प्रकाशित: १५ कार्तिक २०७९ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App