७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चार महिनादेखि घरमै थुनिएकी महिलाको उद्धार

उद्धार गरिएकी महिला।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित जनप्रनिनिधिहरूले आर्थिक अभावका कारण उपचार हुन नसकेर घरमै ‘बन्धकझैं’ रहेकी मानसिक सन्तुलन गुमेकी एक महिलाको उद्धार गरी उपचार र संरक्षणको पहलकदमी लिएका छन्।

आठराई त्रिवेणी गाउँपाालिका वडा नं ३ हाङपाङकी ४४ बर्से कल्पना रसाइलीको उद्धार गरिएको हो। मानसिक सन्तुलन गुमेकी ती महिलाको आर्थिक अवस्था कमजोर भएर उपचार हुन नसकेपछि उनी करीव ४ महिनादेखि घरमै कोठामा थुनिएकी थिइन्।

घरमै थुनिएको अवस्थाबाट उद्धार गरेसंगै उनको तत्कालीन संरक्षणको दायित्व सुनसरी इटहरीस्थित ‘माया घर नेपाल’ले लिएको छ। पालिका उपाध्यक्ष आङबुहाङ अधिकारको क्षेत्रमा काम गर्दै आएकी थिइन्। घरको आर्थिक अवस्था कमजोर भएको र उपचारको अभावमा कोठामै थुनिएको देखेपछि उनकै योजनामा उपाध्यक्ष आङबुहाङले माया घर नेपाललाई खबर गरी उद्धार र संरक्षण गरिएको स्थानीय प्रेम चौहानले जनाए।

कोठामा थुनिएको अवस्थामा घरबाट उठाइएकी ती महिलालाई माया घर नेपालको इटहरीस्थित केन्द्रसम्म पठाउने प्रयोजनका लागि सदरमुकाम फुङलिङसम्म पुर्‍याउन पालिका अध्यक्ष अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आफू चढ्ने सवारी उपलब्ध गराएको पोमूका स्वकीय सचिव लेखनाथ भट्टराईले बताए।

माया घर नेपालले यसरी समस्यामा परेका नागरिकको उद्धार गरी उपचार र तत्कालीन संरक्षणको दायित्व लिने गर्छ। उपाध्यक्ष आङबुहाङको पलहदकमीबाट सुरु भएको यो उद्धार कार्यपछि पालिका क्षेत्रमा उपचारको अभावमा बन्धक बनिरहनुपर्ने अवस्थाको अन्त्यका लागि आफूहरूले उचित ध्यान दिने निर्वाचित जनप्रतिनिधिहरूले बताएका छन्।

आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यमान यक्सो सहितको सहभागितामा यो उद्धार कार्य पूरा भएको बताइएको छ। पालिका उपाध्यक्ष आङ्बुहाङले यस्तो समस्यामा परिरहेका नागरिकको उद्धार कार्य जनप्रतिनिधिको तवरबाट सुरु भएको बताउँदै आफूहरू यस्ता अभियानमा लागिरहने बताइन्।

प्रकाशित: १६ जेष्ठ २०७९ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App