६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मनाङको फू बाट बिरामी पर्यटकको उद्धार

मनाङको फू गाउँबाट हेलिकप्टरबाट बिरामी पर्यटक उद्धार गरिँदै। तस्बिर सौजन्यः लेखनाथ गौतम

मनाङको हिमलुङ हिमाल (७,१२६मि) आरोहण गरेर फर्केपछि बिरामी परेका आरोहीको हेलिकप्टरबाट उद्धार गरिएको छ। आरोहण पुरा गरेर फर्केका स्वीडेनका दुइजना आरोहीको उद्धार गरिएको हो। उनीहरुलाई मनाङको माथिल्लो भेग फू (४०८० मि) बाट उद्धार गरि काठमाडौं पठाएको छ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमले विहीबार बिहान फू पुगेर हेलिकप्टरबाट बिरामी आरोहीको उद्धार गरेको बताए। उनीहरुलाई उद्धार गरेर मनाङ सदरमुकाम चामे झारेर पुन काठमाडौं पठाइएको छ। काठमाडांैमै ती आरोहीको स्वास्थ्य परीक्षण हुने उनले बताए।  

‘तीनदिन अघि नै हिमलुङ हिमाल आरोहण पुरा गरेका रहेछन्। आधारशिविर झरेपछि उनीहरु बिरामी परेका थिए। विहीबार फू गाउँबाट उनीहरुको उद्धार भएको हो,’ उनले भने, ‘बिरामी भएपनि अवस्था गम्भिर त थिएन। तर, हिडडुल गर्न सक्ने अवस्था थिएन।’ २४ घण्टा लगाएर आरोहण पुरा गरेको ती आरोहीले बताएका छन्।  

ती आरोहीसँग गएका अरु विदेशी भने पैदल हिडेर सदरमुकाम चामे झर्ने गौतमले बताए। फू मनाङको माथिल्लो र दुर्गम गाउँ हो। जहाँ अहिलेसम्म सडक पहुँच पुगेको छैन। अहिले पनि पैदल यात्रा गरेर फू गाउँ जाँदा ३ दिन लाग्छ। हिमलुङ हिमाल मनास्लु हिमश्रृंखला क्षेत्रमा पर्छ। नेपाल र टिबेटको सिमानामा यो हिमाल पर्छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App