१६ असार २०८१ आइतबार
image/svg+xml

जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले चाडपर्वलाई मध्येनजर गर्दै जुम्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा

नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ।

चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्री” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन्।

ल्होसारले सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्छः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन जब चैतमा लकडाउन भयो त्यतिबेला देखि नै गल्छी गाउँपालिकाले विद्यालयमा क्वारेन्टिन निर्माण गरे। सुरुमा भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखियो।

लोककला र समुदायको लय

मैथिल समुदायमा चाडपर्व, संस्कारको एक अंग बनेको यो कला विशेषतः महिलाले स्वस्फूर्त रूपमा निर्माण गर्छन् । नेपालमा पश्चिमी शैली र प्रवृत्तिबाट निर्देशित कलाका औपचारिक स्कुल खुल्न थालेपछि कलाकारहरू यस्ता ज्ञान र सीप लिन बढी उद्वेलित भए ।

चाडपर्वमा परम्परागत पेशा थाम्दै पाका कुम्हाल

टायर गाडामा चिम्टाइलो माटो ओसार्न, डल्ला फुटाएर माटो धुल्याउन, पानी हालेर मुछ्न र भाँडा बनाउने चक्रसम्म पुर्याउन परिवारका सबै सदस्य लागिपरेका देखिन्छन्।

बाँकेमा फूलको माग बढ्यो, ८० प्रतिशत आयात गर्नुपर्ने बाध्यता

बाँकेमा फूलको माग पछिल्लो समय तिव्र गतिमा बढिरहेको छ। तर उत्पादन भने निकै कम छ।

चाडपर्वका नाममा सडकमै व्यापार

स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढ्दै गएको छ।

विपन्नलाई छाक टार्न गाह्रो, सांसद र स्वकीय सचिवलाई चाडपर्व खर्च

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिबी र विपन्न समुदायका लागि दसैंमा हुने तडकभडकको कुरा त परै जाओस्, साँझबिहान छाक टार्नै समस्या छ।’

पर्वको पूर्वसन्ध्यामा देशभर बजार अनुगमन

चाडपर्व नजिकिँदै गर्दा देशभर बजार अनुगमन तीव्र हुन थालेको छ। देशका विभिन्न जिल्लाबाट नागरिककर्मीले बजार अनुगमनले तीव्रता पाएको खबर पठाएका छन्।

चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत जाने बढे

दशैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ।

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्