२० आश्विन २०८१ आइतबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो।

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए।

नवौं राष्ट्रिय खेलकुदः आर्मीको सहज जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ।

रसिला र नवीन च्याम्पियन

नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र नवीन श्रेष्ठ प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

एपिएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बैंक अफ बरोडालाई स्वर्ण

नेपालको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलसम्म यात्रा तय गरेको चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा भारतको बैंक अफ बरोडाले मंगलबार स्वर्ण जितेको छ।

सुशील र लक्ष्मण फाइनलमा

त्रिभुवन आर्मी क्लबका सुशील थापाले एचटुओका रविन थापालाई ५–० अंकले हराउँदै थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ छनोटको ४८ केजी तौल समूहको फाइनलमा स्थान बनाएका छन्।

वीरेन्द्रको प्रतिद्वन्द्वी प्रमोद

लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साहबीच जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।

त्रिभुवन आर्मीका महतरा दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता

त्रिभुवन आर्मी क्लबका धावक देवराज महतरा दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता बनेका छन्। प्रतियोगिताको खुलातर्फ साढे २४ किलोमिटर लामो दौड दुई घण्टा १४ मिनेट ३० सेकेन्डमा पूरा गर्दै उनी प्रथम भएका हुन्।

पुलिस र संकटा अग्रता जोगाउन असफल

पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।

संकटा थ्री स्टारसँग निराश, आर्मीलाई राहत

गोलरहित बराबरीतर्फ लम्किएको खेलको अन्तिम सेकेन्डमा राफेल रिमको पासमार्फत विजय भुजेलले गरेको गोलमा थ्री स्टारले विजय प्राप्त गर्दै लिगका पछिल्ला तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हो ।

गणेशको राष्ट्रिय कीर्तिमान

सिनियर पुरुष ५५ केजी तौलसमूहमा गशेशरानाभाटले क्लिन एसिनियर पुरुष ५५ केजी तौलसमूहमा गशेश रानाभाटले क्लिन एन्ड जर्कमा १ सय १ केजी भार उठाउँदै नयाँ कीर्तिमान बनाएका हुन्। उनले त्रिभुवन आर्मीका तुलाराम महतोले मंगलबार नै सुधार गरेको सय केजीको कीर्तिमान भंग गरे।

एएफसी कप छनोटको यात्राः तीन क्लबको तीव्र प्रतिस्पर्धा

सातौं चरणको समाप्तिसम्म शीर्ष स्थानमा रहने र एएफसी लाइसेन्स प्राप्त गरेका चार क्लबमध्ये (मच्छिन्द्र, मनाङ, आर्मी र एपिएफ) एक टोली नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोटका लागि योग्य हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्