५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

वीरेन्द्रको प्रतिद्वन्द्वी प्रमोद

लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साहबीच जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा प्रमोदले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका अनिल तामाङलाई हराउँदै वीरेन्द्रसँगको भेट पक्का गरेका हुन्।

वीरेन्द्रले भने पहिलो चरणमा बाई पाएका थिए। कर्णाली प्रदेशका श्रीजन हमालले प्रदेश–१ का हीराधन राई र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवाले पनि मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा एकअर्का बीचको प्रतिस्पर्धा तय गरेका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको सहकार्यमा जारी च्याम्पियनसिपमा महिलातर्फ ४७–५५  केजी र पुरुषमा ५५–६३ केजी तौलसमूहमा गरी कुल दुई स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ।

पहिलो दिनको प्रतिस्पर्धाबाट १६ पुरुष खेलाडीले दोस्रो चरणको यात्रा तय गरेका छन्। आइतबार दोस्रो चरणमा लुम्बिनीका राहुल थापा र आर्मीका प्रेम मगर, मधेश प्रदेशका अशुतोष पासवान र गण्डकी प्रदेशका भरत कुमाईंबीच प्रतिस्पर्धा हुनेछन्।

त्यसैगरी गण्डकीका प्रवीण बुढाले दोस्रो चरणमा लुम्बिनीका भुवन श्रेष्ठको सामना गर्दा आर्मीका दिनेश बुढामगर र गण्डकीका एक्सन मगरले पनि तेस्रो चरणको यात्राका लागि एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन्। दोस्रो चरणकै अर्को प्रतिस्पर्धामा सुदूरपश्चिमकै राकेश जलगडी र निकेश कटुवाल तथा बाग्मतीका निर्मल घिसिङ र कर्णाली प्रदेशका प्रकाश विकबीच भिडन्त हुनेछन्।

सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी र एपिएफ क्लब) गरी कुल ९ टोलीबाट कुल ५४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। प्रत्येक टोलीबाट समान ३/३ जना महिला र पुरुष खेलाडी छनोट गरी प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा खेलाइएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघका अध्यक्ष अञ्जन धमलाले बताए।

महिलातर्फ भने आइतबार मात्र प्रतिस्पर्धा हुने फाउन्डेसनअन्तर्गत युवा तथा खेलकुद विभाग बाग्मती प्रदेशकी संयोजक तुलसी थापामगरले जानकारी दिइन्। शनिबार नै राखेपमा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाले उद्घाटन गरेकी थिइन्।

सो अवसरमा बाग्मती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, कांगेसका नेता मानबहादुर विश्वकर्मा र आइटिएफ महासंघका अध्यक्ष अञ्जन धमला लगायत उपस्थित थिए। विजेता शीर्ष तीन खेलाडीले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कारका साथै पदक प्राप्त गर्नेछन्।

प्रकाशित: ६ चैत्र २०७८ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App