१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सुशील र लक्ष्मण फाइनलमा

त्रिभुवन आर्मी क्लबका सुशील थापाले एचटुओका रविन थापालाई ५–० अंकले हराउँदै थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ छनोटको ४८ केजी तौल समूहको फाइनलमा स्थान बनाएका छन्।

सोही तौलसमूहमा बक्समान्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अंकका आधारमा हराउँदै फाइनलमा स्थान बनाए। ६३ केजी तौल समूहमा नेपाल प्रहरीका भूपेन्द्र थापा र जेनेक्सका मुस्कान रानामगरबीच फाइनलमा प्रतिस्पर्धा हुने भएको छ। भूपेन्द्रले थानकोटका मनीष श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेश कुमार भोलानलाई हराएका थिए।

महिलातर्फ ५४ केजी तौल समूहमा मीनु गुरुङले बाँकेका माया क्षत्रीलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफकी सन्जुमाया थिङसँग फाइनलमा भिडन्त पक्का गरेकी छन्। सन्जुले थानकोटका सुशीला भोलानलाई अंकको आधारमा हराएकी थिइन्। महिलातर्फ ५७ केजी तौलसमूहमा बक्समान्डुका हेमा राईले झापाका सुस्मिता राईलाई हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेका छन्।

फस्ट अल नेपाल स्कुल ब्वाइ एन्ड गर्ल्स बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा ३५ केजी तौल समूहको ब्वाईमा नक्सालका सक्षम लामाले बक्समाण्डुको प्रवेश उपाध्यायलाई अंकको आधारमा पराजित गरे। सोही तौल समूहमा मकवानपुरका अरूण सापकोटाले बक्समान्डु ‘बी’ का दीपक बोहरालाई एबिडीको आधारमा हराउँदै फाइनलमा स्थान बनाए।

पुरुष ४९ केजी तौल समूहमा मातृभूमि मावि भक्तपुरका नवीनतम खड्काले कास्कीका आकाश बोहरालाई अंकको आधारमा हराउँदै फाइनलमा मकवानपुरका सिलेन वाइबासँग भिडन्त पक्का गरेका छन्। सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अंकको आधारमा पराजित गरेका थिए। पुरुष ५२ केजी तौल समूहमा भूपू बक्सिङ पोखराका समुन्द्र थापा मगरले कास्कीका अंशुल रोकायालाई हराउँदै फाइनलमा स्थान बनाए। सोही तौलसमूहमा बाँकेका यज्ञराज खत्रीले नक्सालका प्रितम महर्जनलाई अंकको आधारमा हराउँदै फाइनलमा समुन्द्रसँग भेट पक्का गरेका छन्।

पुरुष ५८ केजी तौल समूहमा भूपू बक्सिङ पोखराकै साहिल लिम्बुले मेरिडियन स्कुलका रिजुल निरौला र पुरुष ६१ केजी तौल समूहमा बक्समान्डुका सेरप गेल्चेन शेर्पाले उदयपुरका रोजन मगरलाई अंकको आधारमा पराजित गरे। गर्ल्सतर्फ ४० केजी तौल समूहमा दमकका दिप्सा काङबाङले अछामकी किनिशा नेपालीलाई पराजित गरे। सोही तौलसमूहमा अछामकी लक्ष्मी शाहीले बाँकेकी रेविका सुनारलाई अंकको आधारमा पराजित गरिन्। स्कुल गर्ल्सकै आर्यन क्लबकी आस्था केसीले नक्सालकी क्रिस्टिना थापालाई पराजित गरिन्।

ब्वाइजतर्फ पुरुष ३७ केजी तौलसमूहमा अछामका रोहित जनालाले आर्यन क्लब ललितपुरका अमन थापालाई हराउँदै स्वर्ण जिते। ४० केजी तौल समूहमा थानकोटका प्रकट महर्जनले बोसीगाउँका रितेश महर्जनलाई हराउँदै स्वर्ण जित्न सफल भए। ब्वाइजकै ४३ केजी तौलसमूहमा अल्फा बक्सिङ दाङका सोनम पुनमगरले अछामका प्रवीण टमटालाई हराउँदै स्वर्ण पदक जिते। ब्वाइजकै ४६ केजी तौल समूहमा कास्कीका निसान गुरुङले दमकका योगेश लिम्बुलाई हराउँदै स्वर्ण पदक हात पारे।

प्रकाशित: ७ चैत्र २०७८ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App