१० मंसिर २०८१ सोमबार
image/svg+xml

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव

सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ। नोभेम्बरको सुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो।

सङ्घीय सरकारको सञ्चितकोष एक खर्ब सात अर्बले धनात्मक

महालेखा नियन्त्रकको कार्यालयले आज अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आव २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख छ।

भारतीय सहयोगमा ५० हजार निजी आवास तयार

भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुसार ५० हजार निजी आवासको पुनर्निर्माण भएको बताइन्।

काठमाडौंका विपन्नलाई भैंसी पाल्न अनुदान

भैंसीपालन अनुदानलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे आयोजित छलफल कार्यक्रममा स्थानीय जनप्रतिनिधि,राजनीतिक दल तथा स्थानीयले विपन्न वर्गको जीवनस्तर उकास्न यो गतिलो माध्यम भएकाले सबैले सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

राजनीतिक उतारचढावले विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ।

मिथिलाञ्चलमा कात्तिकको महत्त्व

कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्द्धन पूजासँग पनि छ । यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ ।

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ।

राष्ट्रिय जनगणनाको लागि ४० हजार जनगणक

जनगणनका लागि ३ सय ४९ वटा राष्ट्रिय जनगणना कार्यालय स्थापना गरिएको विभागले जनाएको छ।यो वर्षको जनगणनापछि नेपालको जनसंख्या ३ करोड ४ लाख हुने विभागको अनुमान छ।

चिनियाँ दूतावासको सहयोगमा चार विद्यालयमा ईन्टरनेट सुविधा

चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ। कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा संचालनमा समस्या भएको भन्दै दूतावासले सघाएको हो।

समन्वय समितिले सरकारको काममा हस्तक्षेप गर्दैनः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।

वाग्मतीमा प्रदेशस्तरको पहिलो बीउविजन गुणस्तर नियन्त्रण केन्द्र

प्रदेश सरकारले प्रदेश बीउविजन ऐन कार्यान्वयनमा ल्याएर गुणस्तर नियन्त्रण गर्न लागेको हो।बीउविजनको शुद्धता कायम गर्दै गुणस्तरीय बीउको आपूर्ति व्यवस्था तथा नियन्त्रण गर्न बीउविजन प्रयोगशाला, हेटौंडालाई प्रदेश बीउविजन गुणस्तर नियन्त्रण केन्द्र बनाउन लागिएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय वाग्मतीका सचिव शरनकुमार पाण्डेले बताए।

भरतनाथ योगीः २४ वर्षसम्म एक्लै लडे र जिते

तत्कालीन माओवादी द्वन्द्वकालमा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका एक यातायात व्यवसायीले २४ वर्षपछि न्याय पाएका छन्।

कर्णालीमा सरकारी जहाजको नियमित उडान

भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ।

बिजुली भारतलाई बेच्न बाटो खुल्यो

भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् व्यापार गर्न अनुमति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्