२८ पुस २०८१ आइतबार
image/svg+xml

अलमलमा निर्वाचन, द्विविधामा अायाेग

स्थानीय, प्रदेश र संघको निर्वाचन अबको तेह्र महिनाभित्र सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि अझैसम्म चुनाव मिति कसले तोक्ने भन्नेमा दुविधा देखिएको छ । चुनावका लागि समय छोटिँदै छ तर मिति निश्चित गर्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोगसमेत अलमलमा छ ।

बोक्सी आरोपमा वृद्धामाथि परिवारबाटै यातना, दिसा खुवाउने प्रयास

आफ्नै परिवारका सदस्यहरुबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यतना व्यहोर्दै आएकी ७१ वर्षीया दलित महिला न्याय माग्दै सदरमुकाम आइपुगेकी छन्। जिल्लाको दक्षिणी हावा गाविस–३ की ७१ वर्षीया तीर्थमाया विकलाई आफ्नै देवरको परिवारले बोक्सीको आरोपमा निरन्तर यातना दिँदै आएका थिए।

किन प्रधामन्त्रीहरू सधैँ भयभित ?

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निवास बालुवाटारमा कात्तिक १० गते साँझ निम्त्याइएका सम्पादकहरूसँग सुरुमै खुल्दै भने– ‘पहिलोचोटी तीन दलका नेताबीच करिब डेढ घण्टा छलफल भयो ।’

धामीद्वारा किशोरीमाथि यौन दुर्ब्यवाहार

सुरुङ्गा(झापा)- बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।

धुमधाम चलिरहेछ लुट

राज्य ढुकुटीबाट आफूनिकट कार्यकर्ता तथा अन्य केही व्यक्तिलाई पैसा बाँड्नु हरेक सरकारको नियमित कामजस्तै बन्न पुगेको छ। यसरी राज्यकोषको दुरुपयोग किन गरिन्छ भन्ने प्रश्नको जवाफ कुनै पनि सरकारसँग हुँदैन। गृहमन्त्रालयको प्रस्तावमा यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न दलसम्बद्ध ४४ कार्यकर्तालाई कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

दुई चिकित्सक समूह प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघको शुक्रबारदेखि सुरु हुने निर्वाचनमा प्रमुख दुई राजनीतिक विचारधारानिकट चिकित्सक छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा देखिएका छन्।

सैन्य अनुसन्धानमा धामीझाक्रीको प्रयोग

डोटी-सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि (साउन २१ मा) सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्र्ड’ गठन गर्‍यो।

देउता उत्रिएको भन्दै काँचो पिठो खाँदा अड्केर धामीको मृत्यु

जिल्लाको मालिकाठाटाँ गाविसमा काँचो पिठो खाएर एक धामीको मृत्यु भएको छ । खोप्री गाउँका ५८ वर्षीया धामी कोल्थे थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या भएपछि मृत्यु भएको स्थानीयले बताए । उनी ईमेल्चागाडी मन्दिरका मुल धामी हुन् । देउता चढेको बेला काँचो पिठो खाएका उनको घाँटीमा पिठो अड्कीएर मृत्यु भएको स्थानीय मोतिराम वुढाले जानकारी दिए ।

वन्यजन्तु आरक्षभित्र शिव धाम, दर्शनार्थीकाे भीड

वीरगंज– साउन महिनाको अन्तिम सोमबार पर्सा वन्यजन्तु आरक्षको बीच भागमा पर्ने भाठा धाम भनिने दुग्धेश्वरनाथ महादेवको दर्शनका लागि लाखौं दर्शनार्थीहरुको भीड लागेको छ। साउनभरी अनावरत चल्ने भाठा मेलामा अरु दिनहरुको तुलनामा दर्शनार्थीहरुको भिड अन्तिम सोमबार अत्याधिक रहेको मेला समितिका विगा महतोले बताए।

विपन्नको सुविधामा जिविसको रजाइँ

बिपन्न समुदाय लक्षित पोषण कार्यक्रम ‘सुनौला हजार दिन’ को बजेट भ्रष्टाचार गर्नमा जिल्ला विकास समितिकै संरक्षण रहेको पाइएको छ। एउटा कार्यक्रम सम्पन्न नहुँदै अर्को बजेट निकासा दिएर जिल्ला विकासले भ्रष्टाचारलाई बढावा दिँदै आएको पाइएको छ।

उत्कृष्ट प्रतिस्पर्धामा रोनाल्डो र वेल

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र रियाल मड्रिडका टिम सहयात्री वेल्सका स्टार गारेथ बेल युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले महादेशीय उत्कृष्ट खेलाडीका लागि सोमबार सार्वजनिक गर्दा १० खेलाडीको मनोनयनमा परेका छन्।

सरकार परिवर्तनबारे माओवादीमा दुई धार, दाहाल द्विविधामा

वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रमा सरकारलाई दिएको सथमर्न फिर्ता लिने-नलिने विषयमा अन्योल बढेको छ।

सरकार परिवर्तन हुँदैन– प्रधामन्त्री अाेली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताएका छन्। भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भने– “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।”

मदन पुरस्कारका लागि अन्तिम ७ पुस्तक छनाैट, फिरफिरेदेखि निर्वाणसम्म प्रतिस्पर्धामा

काठमाडौं— मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूचि सार्वजनिक गरेको छ। गुठी सचिव कुन्द दीक्षितका अनुसार प्राप्त पुस्तकहरुमध्ये शीर्ष ७ पुस्तकको नाम सार्वजनिक गरिएको हो।

प्रहरी जवानद्धारा बृद्धामाथि जबरजस्ति करणी प्रयास

सोलुखुम्बु-सोलुखुम्बुमा एक प्रहरी जवानले बृद्ध महिला माथि जबरजस्ति करणीको प्रयास गरेका छन्। उनले करणीको प्रयाससँगै धारिलो हतियार प्रहार गरि ति बृद्धालाई घाइते समेत बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्