२७ पुस २०८१ शनिबार
image/svg+xml

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी

गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठामा पढ्न बाध्य छन्। अझ सानासाना नानीसमेत धूलैधूलाले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन्। तर, विद्यालयछेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन्। पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतैबाट सोधखोज गरिएको छैन।

जनप्रतिनिधिको सुविधामा व्यापक कटौती

अस्वभाविक रुपमा आफैले ‘पारिश्रमिक तथा सुविधा र बैठक भत्ता’ तोकेर तलब सुविधा लिइरहेका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको खाइपाई आएको सुविधामा व्यापक कटौती भएको छ।

८३ वर्षीया वृद्धामाथि ‘बलात्कार’

उमेरले ६५ वर्ष कटेपछि नागरिक वृद्धावस्थामा पुग्छ। सरकारले समेत ६५ वर्षमाथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक सामाजिक सुरक्षा भत्तासमेत दिएर संरक्षण गरेको छ। तर, जिल्लाको रोङ गाउँपालिकाकी ८३ वर्षीया वृद्धा ‘बलात्कृत’ भएको खबरले सबैलाई अचम्मित तुल्याएको छ।

छाउप्रथा हटाउन धामी झाँक्री सक्रिय

बडिमालिका नगरपालिका क्षेत्रका धामीझाक्री छाउप्रथा हटाउन सक्रिय भएका छन् । नगरपालिकाले गरेको कार्यक्रममा धामीझाक्रीले कुप्रथा नमान्ने शपथसहित लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

धामीझाँक्रीले खाए छाउपडी कुप्रथा नमान्ने सपथ

बडिमालिका नगरपालिका क्षेत्रका धामी झाँक्रीले छाउ कुप्रथा नमान्ने सपथसहित लिखित प्रतिवद्धता व्यक्त गरेका छन्। सामाजिक कुमान्यता र कानुनी रुपमा बन्देज कार्यलाई हटाउन आफूहरु बाधक नबन्ने र छाउ गोठ भत्काउन आफै सक्रिय हुने प्रतिवद्धता जनाएका हुन्।

प्रधामन्त्रीको ढोरपाटनमा ‘लन्च’

प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर आरक्षको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा 'लन्च' गरेका थिए।

नेता बन्न ठाकुर र महतो स्पर्धामा

तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना देखिएको छ।

मयुरसँग प्रतिस्पर्धामा उत्रिन नसकेपछि आन्दोलनको धम्की

काठमाडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई अरनिको राजमार्गमा चल्न नदिन कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन्।

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ।आज बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेको हो।

शास्वत धाममा वसन्त महोत्सव सुरु

नवलपरासीको शास्वत धाममा ३५औं वसन्त महोत्सव सुरु भएको छ । धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै शास्वत धाममा वसन्त महोत्सव सुरु भएको हो।

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

नवलपरासीको शाश्वत धाममा ‘बुद्धिस्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ।

३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

संविधान जारी भएपछि पहिलोपल्ट बुधबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

गजेन्द्र मोक्ष कि त्रिवेणी धाम ?

चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रहँदा निकुञ्जको सीमाङ्कन गर्ने टोलीका प्रमुख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रथम महानिर्देशक विश्वनाथ उप्रेतीले सोध्नुभएको थियो– ‘गजेन्द्र मोक्षको पोस्टरहरूमा त तलाउ देखिन्छ, त्रिवेणीको नारायणी (गण्डकी) नदी किनारमा कसरी गजेन्द्र मोक्ष धाम भयो ?’

विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

मुलुकभित्र सुविधासम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भिœयाउन लागिपरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्