पत्नी र छोरीसँगै देवघाटधाम घुम्दै प्रचण्ड
प्रख्यात धार्मिक स्थल देवघाटधाममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार घुमघाम गर्न पुगेका छन्।
प्रख्यात धार्मिक स्थल देवघाटधाममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार घुमघाम गर्न पुगेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन्। पूर्वराजा शाहले धनगढीकोे शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताए।
नेपालका दीपेश धामी र शोभा गौचनले शनिबार मलेसियाका इभेसगारन भासिगरान र धर्साइनी भासिगारानको जोडीमाथि जित हासिल गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत मिश्रित युगलको फाइनलमा स्थान पक्का गरेका छन् ।
कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन्। प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए। यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि थोरै मत ल्याएका थिए।
प्रत्यक्ष निर्वाचनको घोषित परिणामअनुसार प्रदेश ४ मा वाम गठबन्धनको प्रादेशिक सरकार बन्ने लगभग पक्का भएको छ । मतगणना सकिएका जिल्लाका अधिकांश प्रतिनिधि र प्रदेशसभा सिटमा वाम गठबन्धनभित्र पनि एमालेको अग्रता छ । सोही कारण एमालेभित्र मुख्यमन्त्रीका लागि दौडधूप सुरु भएको छ ।
साउदी अरेबियाको भ्रमणको क्रममा राजीनामाको घोषणा गरेका लेबनानी प्रधानमन्त्री साउद हरिरिले राजीनामा फिर्ता गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।
चुनावको प्रतिस्पर्धामा उत्रिएका ‘हस्ती’ नेताका कारण बर्दिया पनि चुनावमय भएको छ । मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन। पहिलो संविधानसभादेखि अहिलेसम्म वाम गठबन्धका उम्मेदवार र कांग्रेसका उम्मेदवार पुरानै छन् । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा रहेको जिल्लामा २०६४,२०७० संविधानका सभामा एमालेका उपाध्यक्ष वामदेव गौतम, सञ्जय गौतम, सन्तकुमार थारू र गोपाल दहित उम्मेदवार थिए।
एउटै मान्छेले फिल्मका विविध विधामा हात हालेको कुरा कमै मात्र सुनिन्छ र देखिन्छ । फिल्म सम्पादक नविन निरौला ‘नगेन्द्र’ फिल्म सम्पादन मात्र गर्दैनन् । उनी फिल्म लेखन, निर्देशन, डबिङ, कलर करेक्सन, ब्याकग्राउन्ड म्युजिक स्कोर, मिक्सिङ, भिएफएक्स, एनिमेसन सबै काम एक्लै गर्न सक्रिय छन् ।
मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित गरी ४ हजार ७ सय ८ जनाले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता गराएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४५ जिल्लामा हुन लागेको चुनावमा प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमध्ये प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी ३ सय ३४ जना महिलाको उम्मेदवारी दर्ता भएको छ।
खोलाको चिसो हावा । चारैतिर हरियाली । छेउछाउमा मठमन्दिर । मनमोहक झरना । अनि त्यसको छङछङ आवाज । गर्मीका लागि प्रख्यात तराईमा यस्तो वातावरण कमै भेटिन्छ । तर झापाको झिलझिलेबाट पाँच किलोमिटर उत्तर बाक्लो जंगलको बीचमा रहेको सताक्षीधाममा यो वातावरण सधैँ भेटिन्छ । सताक्षीधामलाई ऐतिहासिक तथा पुरातात्विक महŒव बोकेको धार्मिक एवं पर्यटकीय स्थल मानिन्छ । प्रचारप्रसार र विकासको गतिमा अरु धामभन्दा पछाडि रहे पनि यसले विस्तारै आफ्नो मुहार फेर्दैछ ।
एकजना पूर्वमन्त्री अर्का एकजना बहालवाला बिनाविभागीय । सरकारमा प्रतिनिधित्व गरिसकेका यी दुई ‘पात्र’ जनार्दन शर्मा र गोपालजीजंग शाहको चुनावी ‘आमनेसामने’ पश्चिम रुकुममा निकै चासोको विषय बनेको छ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।
कार्तिक महिनाको शुक्ल पक्षको चौठ तिथीबाट सुरु हुने छठ पूजाको पहिलो दिन ब्रतालुहरुले नहा–खाएके बिधी मंगलवार गरेका छन्। ब्रतारम्भ गर्दै पहिलो दिन बिशेष बिधिपुर्वक नुहाएर खाने चलन छ । यसैलाई लोकबोलीमा ‘नहाए–खाएके दिन’ भनिएको हो।
धनुषाको सहिदनगर नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी भएका छन् । मेयरमा उदय यादवले ५ हजार ९१ मत पाएका छन् भने उपमेयरमा शिलादेवी कापरले ४ हजार २ सय १८ मत पाएकी छिन् ।