१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पत्नी र छोरीसँगै देवघाटधाम घुम्दै प्रचण्ड

अाश्रमकाे बारेमा जानकारी लिँदै माअाेवादी अध्यक्ष प्रचण्ड । तस्बिर : रमेश पाैडेल

चितवन – पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी र छाेरीसँगै प्रख्यात धार्मिक स्थल देवघाटधामकाे भ्रमण तथा घुमफिर गर्न देवघाटधाम पुगेका छन्।

दाहाल पत्नी सिता दाहाल र छोरी मेयर रेणु दाहालका साथमा विहीबार देवघाटधाम पुगेका हुन् । तनहुँमा पर्ने देवघाटधाम चितवन भरतपुर–१ सँग जोडिएको छ । दाहाल भोलि शुक्रबार हुने भरतपुर माहानगरपालिकाको नगरसभा उद्घाटन गर्न चितवन आएका हुन्।

दाहालले भोलि नै चितवन उद्योग संघको अधिवेशन पनि उद्घाटन गर्नेछन् । भरतपुरमा अध्यक्ष दाहालकी छोरी रेणु दाहाल मेयर छिन् । दाहाल भर्खर सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका हुन् ।
तत्कालिन देवघाट गाविसका पूर्व अध्यक्ष शिव राज पौडेलका अनुसार नेता दाहालले देवघाटका विभिन्न धाम घुम्नुका साथै आश्रममा पुगेर त्यहाँ सञ्चालिन विद्यापिठ्का विद्यार्थीसँग भलाकुसारी पनि गरे।

देवघाटमा संस्कृति शिक्षाका तीनवटा गुरुकुलहरू पनि छन् । यसका साथै देवघाटको गलेश्वर आश्रममा फागुन २ गतेबाट सुरु हुने विराट महायज्ञमा विषयमा पनि दाहालले जानकारी लिएका छन्।

देवघाटमा आउँदो माघ १ गते भव्य मेला लाग्छ । त्रिशुली र कालिगण्डकी नदीको संगम स्थल रहेको देवघाटमा माघे संक्रान्तिका दिन नुहाउन देश विदेशका भक्तहरू आउने गर्छन्।

प्रकाशित: २० पुस २०७४ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App