२८ पुस २०८२ सोमबार
image/svg+xml
कमलजंग कुँवर


कमलजंग कुँवरका लेखहरु :

नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने!

मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ, असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ। नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने, सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।

यहाँ पुज्दा पुज्दैको भगवान् हराउँछ!

जब समस्याको समाधान हराउँछ, ओठमा फक्रिएको मुस्कान हराउँछ। भक्तहरू बेइमान भई दिएपछि यस्तै हो,यहाँ पुज्दा पुज्दैको भगवान् हराउँछ।

वियाेगान्त उपन्यासकाे उत्कृष्ट नमुना: निरजोया

मुलुक छाडेर विदेशिदा पैसाको बिटो टिपेर लिई आउँछ भनेर बस्ने श्रीमती, छोराछोरी र बाआमालाई पनि विदेशमा सुख छैन भन्ने सन्देश यो उपन्यासले दिएको छ।

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ!

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ। सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्!

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्,तन्काएर गुलेली मट्याङ्ग्राले हान्दारहेछन्। यस्तै हो, सुन्दर मन दुई पैसामा बिक्री गरेपछि, बेइमानले जेजे भन्छ त्यही त्यही मान्दारहेछन्।

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ!

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।

हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल!

आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि, नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि। हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल, नसानसा याद्को झङ्कार हुन थालेपछि।

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ,आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ।

धर्मका नाममा विनाश

‘बुद्ध धर्ममा प्राकृतिक संरक्षण’ पुस्तकमा खेन्पो ङागवाङ वोशेर लामा लेख्नुहुन्छ, “शाक्यमुनि बुद्धको जन्म लुम्बिनी उपवनमा सालको रूखमुनि भएको, मगधको बोधगयामा बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गर्नुभएको र कुशीनगरमा दुईवटा सालको वृक्षको बीचमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो।

गजेन्द्र मोक्ष कि त्रिवेणी धाम ?

चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रहँदा निकुञ्जको सीमाङ्कन गर्ने टोलीका प्रमुख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रथम महानिर्देशक विश्वनाथ उप्रेतीले सोध्नुभएको थियो– ‘गजेन्द्र मोक्षको पोस्टरहरूमा त तलाउ देखिन्छ, त्रिवेणीको नारायणी (गण्डकी) नदी किनारमा कसरी गजेन्द्र मोक्ष धाम भयो ?’

बाढी, वनविनाश र डढेलो

नेपालका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्र वनमा वर्षेनि सरदर ६० हजार हेक्टरमा र सामुदायिक वन, कबुलियती वन, साझेदारी र राष्ट्रिय वन क्षेत्रमा करिब ३ लाख ५० हजार हेक्टर क्षेत्रफल वन डढेलो लाग्ने गरेको छ । वन विभागको सन् २०१२ को प्रतिवेदनका आधारमा ८२ हजार ९३४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । सन् १९९० देखि २००५ सम्म १५ वर्षभित्र नेपालको ११ लाख ८१ हजार हेक्टर वन क्षेत्र विनाश भयो र वार्षिक १.९० को दरले वनविनाश भइरहेको छ।

मानव–वन्यजन्तु द्वन्द्व : साझा समस्या

अब ढिलो नगरी हरेक जिल्ला वन कार्यालय र निकुञ्ज तथा आरक्ष कार्यालयहरूले सामुदायिक वनको कार्ययोजना र विधान संशोधन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र राहतमा अनिवार्यरूपमा सबैभन्दा बढी प्रतिशत बजेट खर्च गर्नुपर्ने प्रावधान राख्न लगाउनुपर्छ ।

वन कर्मचारी र भ्रष्टाचार

निजामती प्रशासनमा भ्रष्टाचार यसरी व्याप्त छ कि विकास कार्यक्रम, ठेक्कापट्टा, कार्यालय सामान खरिद र मुद्दा फैसला गर्दासमेत अभियुक्तसँग रकम असुल गरेर पनि गढबढ गर्ने गरिन्छ । वनमा काठको प्रजातिअनुसारको दररेट कायम गरी भ्रष्टाचार गर्ने गरिँदै आइएको छ ।

वन्यजन्तु सिकार :  कति जायज?

विश्वमा जबसम्म जेसस क्राइस्ट, गौतम बुद्ध र वेदको निर्देशनबमोजिम प्राणीको हत्या रोकिँदैन तबसम्म जतिसुकै प्रयत्न गरे पनि शान्ति कायम हुन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्