तिलाठीको उदाहरण दिँदै माधव नेपालले भने, सीमाको रक्षा मधेसीबाटै
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस र मधेसीको पक्षमा निरन्तर लडिरहेकोले एमालेलाई मधेस विरोधीको आरोप लगाउनु निराधार रहेको बताएका छन्। रौतहटको गौरस्थित व्यारेक फिल्डमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेलाई मधेसविरोधी भन्नेहरुले तर्कभन्दा तथ्यको आधार जनतासमक्ष पेश गर्न आग्रह गरेका छन्।