६ आश्विन २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रज्ञा प्रतिष्ठानले सातजना श्रष्टालाई सम्मान गर्ने

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सातजना श्रष्टा सम्मानित हुने भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो।

कांग्रेसका सुरेन्द्र पाण्डेले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गरेपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।

गण्डकीमा नयाँ सरकार बन्दै

गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन्।

गण्डकीमा कांग्रेस–माओवादी मिलेर सरकार बनाउने तयारी

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुई दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि मंगलबार दलहरूलाई आह्वान गरेका हुन्।

गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान

आगामी बिहीबारभित्रमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशले आश्ह्वान गरेको छ।

पुरस्कारका लागि भूतपूर्व खेलाडीको साथ

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको छाता संगठन नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी वैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि शनिबार संसद बैठक बसेको थियो। तर, अधिकारीले संसदमा विश्वासको मत पाउन सकेनन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन सकेनन्।गण्डकी प्रदेशसभामा आज उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे।

गण्डकी प्रदेशका १७ ठाउँमा निरन्तर डढेलो

गण्डकी प्रदेशभित्रका विभिन्न १७ वटा ठाउँमा डढेलो लागिरहेको गण्डकी प्रदेश प्रहरीले बताएको छ। डढेलोबाट सयौं हेक्टर क्षेत्रफल वन क्षेत्र जलेको प्रहरीको भनाई छ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिन लागेका हुन्।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत नपाउने पक्का

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने भएका हुन्। त्यसको लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

गण्डकी सरकारको सयदिने उपलब्धिः मन्त्रालय संख्या घटाउनेदेखि ऐन निर्माणसम्म

सरकार बनेदेखि कहिले मन्त्रालय घटाउन त कहिले मन्त्री चयनका लागि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली गुहार्न काठमाडौं धाएर समय खेर फालेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सयदिने उपलब्धिमा सामान्य अनि नियमित कामसमेत समावेश गरेका हुन्।

गण्डकी प्रदेश सरकारको सयदिने उपलब्धिः बालकविता लेखन र वाचन प्रतियोगिता

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो एकसय दिने उपलब्धिमा सामान्य अनि नियमित कामलाई समेत उपलब्धिमा समावेश गरेका छन्। यतिसम्मकी बालप्रतिभा पहिचान अन्तर्गत प्रदेशस्तरीय कविता लेखन र वाचन प्रतियोगिता संचालन गरि २० जना बालबालिकालाई पुरस्कार र प्रमाणपत्र दिएकोलाई पनि प्रदेश सरकारले उपलब्धिमा समेटेको छ। त्यस्तै महिलाका लागि परीक्षा तयारी कक्षा संचालनलाई पनि मुख्यमन्त्रीले उपलब्धि ठानेका छन।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि शनिबार विश्वासको मत लिने भएका छन्। माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबारविश्वासको मत लिने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्