४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान

आगामी बिहीबारभित्रमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशले आश्ह्वान गरेको छ। गत शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लागि प्रस्ताव पेश गरेका थिए। प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको सरकार कायम रहन विश्वासको मत पाउनुपर्ने थियो। तर प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो। बैठकमा मुख्यमन्त्री अधिकारीको प्रस्तावमा विश्वासको मत प्राप्त नभएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो।  

नेकपा माओवादीले मुख्यमन्त्री अधिकारीको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए। सरकार कायमै राख्न एकमहिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार नै मुख्यमन्त्री अधिकारीले विश्वासको मतको लागि प्रदेश सभा बैठकमा प्रस्ताव गरेका थिए। तर प्रदेश सभाको बैठकमा गरिएको प्रस्ताव बहुमतले अस्वीकृति भएपछि नयाँ सरकारको गठनको बाटो खुलेको हो ।  

पुस २५ गते माओवादी र राप्रपाको समर्थनबाट एमालेका अधिकारी मुख्यमन्त्री बनेका थिए। तर केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो। प्रस्तावमा एमाले २२ र राप्रपा २ गरी २४ मत पक्षमा दिएका थिए। काँग्रेस २७ माओवादीका ७ (सभामुख बाहेक) र एकिकृत समाजवादी(स्वतन्त्र जितेका)ले विपक्षीमा मत दिएका थिए।  

प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशले नेपालको संविधानको धारा १६८को उपधारा(२) बमोजित आगामी बिहीबार चारबजेभित्र सरकार गर्न गठन गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर बहमुतको सरकार गठन भएको थियो। अब ठूलो दलको हैसियतमा नेपाली काँग्रेसले सरकार बनाउने सम्भावना छ।  

नेपाली काँग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान राख्दै आएको छ। उता माओवादीले पनि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन बन्ने सम्भावना कायमै रहेको जनाउँदै संसदीय दलको नेता हरिबहादुर चुमानलाई मुख्यमन्त्री बनाउने अडान राख्दै आएको छ।

प्रकाशित: १२ वैशाख २०८० ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App