५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसका सुरेन्द्र पाण्डेले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गरेपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्। 

पाण्डेले नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जनाएको छ। प्रदेश प्रमुखले आज अपराह्न ४ बजेसम्म दिएको समयसीमा भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ। 

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ र माओवादीका ८ सदस्य रहेकाले सहजै बहुमत पुग्छ। 

यसअघि गण्डकी प्रदेश सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रलेपनि दाबी गर्दै आएको थियो। तर पार्टी नेतृत्वले पहिलो कार्यकाल कांग्रेस र दोश्रो कार्यकाल माओवादीले सरकारको नेतृत्व गर्ने सहमति गरेपछि मुख्यमन्त्रीमा दाबी गर्दै आएका हरि चुमान कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भएका छन्। ‘पहिलो कार्यकाल कांग्रेसकै नेतृत्वमा बन्ने भयो। अपराह्न ४ बजे अगाडि नै दाबी पेश गर्दैछौं,’ उनले भने।

सरकारको नेतृत्वसँगै गण्डकीमा मन्त्रालयको बाँडफाँड पनि टुंगिएको छ। तर कुन मन्त्रालय कसले लिने भन्ने बारेमा भने टुंगोमा पुग्न बाँकी छ। गण्डकीका ७ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक सुशीला सिंखडाले जानकारी दिईन्।

प्रकाशित: १४ वैशाख २०८० ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App