१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिन लागेका हुन्।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमा पनि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो। विश्वासको मत दिएको पार्टीले सो विश्वासको मत फिर्ता लिएपछि बहालवाला मुख्यमन्त्रीले ३० दिन भित्रमा विश्वासको मत लिईसक्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिन लागेका हुन्। 

विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ। प्रदेश सभा सचिवालयले पनि विश्वासको मत लिने मुख्यमन्त्रीको पत्रपछि प्रदेश सभा बैठकको कार्यसूचीमा पनि राखिसकेको छ। 

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना भने छैन। माओवादीले विश्वासको मत फिर्ता लिइसकेकाले ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ र राप्रपाका २ सदस्यको मात्र विश्वासको मत दिने देखिएकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै देखिन्छ।

प्रकाशित: ९ वैशाख २०८० ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App