२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि शनिबार संसद बैठक बसेको थियो। तर, अधिकारीले संसदमा विश्वासको मत पाउन सकेनन्।  

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन शनिबार राती १२ बजेदेखि नै लागु हुनेगरी अन्त्य भएको जनाएका छन्। गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

गण्डकी प्रदेश सरकारको शनिबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। शनिबार अपराह्न मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि आकस्मिक रुपमा साँझ मन्त्री परिषद बैठक बसेको थियो। बैठकले अधिवेशन अन्त्य गरेको मुख्यमन्त्री अधिकारीको सचिवालयले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८० १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App