६ आश्विन २०८१ आइतबार
image/svg+xml

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ। आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको एनआरएनएले शनिवार एक विज्ञप्ति जारी गर्दै जनाएको हो।

गाँउमा सहयोग गर्न ‘जन्मोत्सव कोष’

गाँउमा असजिलोमा परेकालाई सहयोग गर्ने हिसाबले च्याङथापु–फलैचा सरोकार समितिले जन्मोत्सब कोष स्थापना गरेर रकम जम्मा गरीरहेको छ । जिल्लाको उत्तरी याङवरक गाँउपालिकामा पर्ने च्याङथापु र फलैचा क्षेत्रमा जन्मीएर देश विदेशमा रहेकाहरूले उक्त कोषमा जन्म दिनको अवसरमा रकम जम्मा गर्ने गरेका छन् ।

धर्मशालालाई पंखा सहयोग

रौतहटको गरुडामा रहेको मेथुर चौधरी सार्वजनिक धर्मशालालाई बीस थान पंखा सहयोग गरिएको छ । रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाले दश दश थान पंखा निशुल्क सहयोग गरेका हुन् ।

गोरखाको विद्यालयलाई पोखरा महानगरपालिकाको सहयोग

भूकम्पले प्रताडित गोरखाको पिपला पोखरी आधारभुत विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

जो अरूका दुःख देख्न सक्दैनन्

क्षत्रीले हालै नेपाल घर भई भारतमा रहेका अग्निपीडित ज्ञानबहादुर विकका छोरा कृष्ण विकको उपचारका लागि २ लाख ३० हजार सहयोग गरेका छन् । यसमा क्षत्रीकी बहिनीको पनि सहभागिता छ ।

मादीका क्वारेन्टिनलाई प्रवासी नेपालीको सहयोग

ताङतिङ समाज युकेका अध्यक्ष लक्ष्यबहादुर गुरुङको पहलमा पठाइएको रकमबाट किनिएको सामान क्वारेन्टिनलाई हस्तान्तरण गरिएको छ।

पोखरा बहुमुखि क्याम्पसको भवन बनाउन अध्यक्षको ५० लाख सहयोग

पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन बनाउन क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

आइसोलेसन केन्द्रमा सहयोग जुट्दै

भखैरै सरुवा भएर ईलाका प्रशासन कार्यालय सिमरा गएका रोल्पा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनका लागि ब्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाएका छन् ।

रुकुम हत्याका पीडितलाई आर्थिक सहयोग

दलित आत्मरक्षा अभियानले पश्चिम रुकुम सोती हत्या प्रकरणका ६ पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ। बुधवार अभियानले प्रति परिवार २५ हजारका दरले सहयोग हस्तान्तरण गरेको हो।

धनकुटाका पत्रकारलाई सांसद राईको सहयोग

धनकुटाको संघिय सांसद एवम् नेकपा धनकुटाका जिल्ला अध्यक्ष राजेन्द्रकुमार राईले एक महिनाको पारिश्रमिक धनकुटाका पत्रकारहरुलाई सहयोग गरेका छन् । संकटको बेलामा पनि जोखिम मोलेर आफ्नो कार्यक्षेत्रमा खटिरहेका पत्रकारहरुको सुरक्षाका लागि नेपाल पत्रकार माहासंघ धनकुटाले स्थापना गरेको कल्यणकारी कोषमा जम्मा हुनेगरि ५० हजार रुपैया सहयोग गरेकोे हो ।

कोरोना विरुद्धको कोषमा जापानबाट राईको एक लाख सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको कोषमा एकजना दाताबाट एक लाख रुपैयाँ सहयोग जम्मा भएको छ ।

गृह जिल्लाका सञ्चारकर्मीलाई पर्यटन मन्त्री भट्टराईको सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गृह जिल्लाका सञ्चारकर्मीका लागि प्रेश ज्याकेट र केएन–९५ मास्कसहितका सामग्री पठाइदिएका छन् ।

रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन्।

फुनपाको कोरोना कोषमा बैंक तथा बित्तीय संस्थाको सहयोग जारी

ताप्लेजुङका स्थानीय तहले बनाएको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा बैंक तथा बित्तीय संस्थाहरु रकम जम्मा हुने क्रम जारी छ । शुक्रबार समिट लघु बित्त बित्तीय संस्था लिमिटेडले फुङ्लिङ नगरपालिकाको कोषमा २० हजार ५०० रुपैयाँ जम्मा गरेको छ । समिटका यहाँस्थित शाखा प्रवन्धक टेकनाथ अधिकारीले फुङ्लिङ नगरपालिकाद्धारा स्थापित कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरी प्राप्त भएको भौंचर नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरेका छन् ।

वृद्धाश्रमलाई खाद्य सामग्री सहयोग

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला समस्यामा परेका राजधानीका दुई वृद्धाश्रमलाई मानवअधिकार तथा शान्ति समाजले खाद्य सामग्री सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्