८ वैशाख २०८१ शनिबार
समाज

गृह जिल्लाका सञ्चारकर्मीलाई पर्यटन मन्त्री भट्टराईको सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गृह जिल्लाका सञ्चारकर्मीका लागि प्रेश ज्याकेट र केएन–९५ मास्कसहितका सामग्री पठाइदिएका छन् । 

कोभिड–१९ को सन्त्रासका बीचपनि अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि उपयोगी हुने स्वास्थ्य सुरक्षा सामग्री पठाइएको मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँईले जानकारी दिए । प्राप्त सामग्री यहाँका सञ्चार संस्था र सञ्चारकर्मीहरुलाई बितरण गर्न थालिएको पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाक‘प्रयास’ले जानकारी दिए । पहिलो चरणमा पठाइएका सामग्रीपछि सेनिटाइजरसहितका सामग्री दोस्रो चरणमा पठाउने गुरागाँईले पठाए ।  

यसअघि उनले कृष्ण सेन ‘ईच्छुक’स्थापना दिवसको अवसर पारेर प्रेश संगठन नेपाल ताप्लेजुङ शाखाले यहाँका सञ्चारकर्मीको कोरोना बीमा गर्दा लाग्ने शुल्कमा समेत सहयोग गरेका थिए । उनकै सहयोग र प्रेश संगठन नेपालको सममन्वयमा संकलित रकमबाट यहाँका ६० जना सञ्चारकर्मीको १ लाख रुपैंया बराबरको कोरोना बीमा भईसकेको छ । राजधानीबाट ताप्लेजुङ सम्म नियमति सामन पठाउन साधनको अभाव हुने भएकोले राजधानीबाट फर्कने सवारी पर्खिएर पठाइदैं आएको छ । 

मन्त्री भट्टराईले स्वास्थ्य मन्त्रालयसंगको समन्वयमा यहाँका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री, पीसीआर भाईल, आरडिटी किट समेत पठाइसकेका छन् । बिराटनगरका व्यवसायीको समन्वयमा उनले लकडाउनका कारण रोजगारी गुमेका परिवारले पाउने गरी खाद्यान्न सामग्री समेत पठाइसकेका छन् । 

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App