रौतहटको गरुडामा रहेको मेथुर चौधरी सार्वजनिक धर्मशालालाई बीस थान पंखा सहयोग गरिएको छ । रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाले दश दश थान पंखा निशुल्क सहयोग गरेका हुन् ।
धर्मशालामा आउने यात्रु तथा हुने विभिन्न कार्यक्रममा गर्मीको महिनामा पंखाबिना अत्यन्तै कठिन हुने भएकोले आवश्यकतालाई मध्यनजर गर्दै रौतहटका दुई स्थानीय तहले सिलिङ पंखा सहयोग गरेका छन् । गढीमाई नपाका मेयर श्यामप्रसाद यादव तथा वृन्दावन नपाका मेयर राम सिनेही यादवले धर्मशालामै पुगेर संचालक समितिलाई बीस थान पंखा हस्तान्तरण गरेका छन् ।
दुवै नगरपालिकाबाट प्राप्त पंखा सहयोगले मानवीय सेवामा अझ सरलतापूर्वक सहयोग पुग्ने प्रतिक्रिया संचालक समितिका अध्यक्ष कृष्णप्रसाद चौधरीले दिएका छन् ।
प्रकाशित: १७ असार २०७७ १४:४८ बुधबार