९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

रुकुम हत्याका पीडितलाई आर्थिक सहयोग

दलित आत्मरक्षा अभियानले पश्चिम रुकुम सोती हत्या प्रकरणका  ६ पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ। बुधवार अभियानले प्रति परिवार २५ हजारका दरले सहयोग हस्तान्तरण गरेको हो।

बाग्लुङवाट गएका आत्मरक्षा अभियानका सदस्यहरु जाजरकोट पुगी सो सहयोग हस्तान्तरण गरेको खलंगाका नगरपालिका मेयर सिपी घर्तीले बताए। सहयोग हस्तान्तरण गर्दै मेयरले सहयोगी अभियानलाई धन्यवाद ज्ञापन गरे।  

आर्थिक सहायता स्वीकार्दै मृतक गणेश बुढामगरका पिताले भने, ‘म ज्यादै ठूलो शोकमा छु। गाउँवाट खलगां बजारमा आएर बसेको दुःखी मान्छेलाई यो रकमले सजिलो हुनेछ।’

लकडाउनको बेला परेको विपत्तिमा कानुनी लडाइँमा सहयोग पुगोस् भनी  आर्थिक रकम संकलन गरी पीडित परिवारलाई पठाएको अभियानका उपसंयोजक होम गोतामे विकले जानकारी दिए। गोतामे वैदेशिक रोजगारीको क्रममा अफगानिस्तानमा बस्दै आएका छन्। दलित आत्मरक्षा अभियान लण्डनमा प्राध्यपन गरिरहेका डा. मित्र परियाले स्थापना गरेका हुन्।  

जाजरकोटका पीडित परिवारलाई प्रदान गरिएको रकम विश्वभरका नेपालीहरूबाट संकलन गरिएको पनि अभियानले बताएको छ। 

प्रकाशित: ५ असार २०७७ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App