coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटाका पत्रकारलाई सांसद राईको सहयोग

धनकुटाको संघिय सांसद एवम् नेकपा धनकुटाका जिल्ला अध्यक्ष राजेन्द्रकुमार राईले एक महिनाको पारिश्रमिक धनकुटाका पत्रकारहरुलाई सहयोग गरेका छन् । संकटको बेलामा पनि जोखिम मोलेर आफ्नो कार्यक्षेत्रमा खटिरहेका पत्रकारहरुको सुरक्षाका लागि नेपाल पत्रकार माहासंघ धनकुटाले स्थापना गरेको कल्यणकारी कोषमा जम्मा हुनेगरि ५० हजार रुपैया सहयोग गरेकोे हो ।  धनकुटाका श्रमजीवी पत्रकारलाई तत्काल राहत पुगोस भनेर आर्थिक सहयोग गरेको सांसद राईले बताए ।

बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी सांसद राईले  उक्त रकम नेपाल पत्रकार महासंघ धनकुटा शाखकाा उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरे ।  पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रका सहयोग गरिरहेको उपाध्यक्ष राईले बताए ।

सांसद राईकै पहलमा धनकुटा अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री समेत पुगेको छ । धनकुटामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७७ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App