६ आश्विन २०८१ आइतबार
image/svg+xml

बराहताल ‘कोरियन ग्रुपद्वारा’ पार्वतीको उपचारमा सहयोग

गोरुले हानेर घाइते भएकी बराहताल गाउँपालिका–५ बड्डीचौरकी ६९ वर्षीया पर्वती श्रेष्ठको उपचारका लागि बराहताल कोरियन ग्रुपले आर्थिक सहयोग गरेको छ ।

आवश्यकताका आधारमा जिन्सी सहयोग

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङ नगरपालिकासँगको समन्वय र अग्निपीडितको तात्कालिक आवश्यकताका आधारमा मात्र पीडितहरूलाई सहयोग गर्न सकिने बताएको छ।

ताप्लेजुङका अग्नि पीडितलाई सहयोग जुट्ने क्रम जारी

ताप्लेजुङको फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा शुक्रबार राति भएको आगलागीका पीडित परिवारलाई सहयोग जुट्ने क्रम सुरु भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले आगलागीबाट घर पूर्ण क्षति भएका ८ घरधनीलाई जनही ५० हजार र आशिंक क्षति पुगेको १ घरका धनीलाई २५ हजार रुपैंयाका दरले राहत उपलब्ध गराउने भएको छ ।

भक्तपुर प्याव्सनबाट तीन लाख सहयोग

कोरोना संक्रमणको रोगथाम र नियन्त्रणका लागि भक्तपुरको सुर्यविनायक नगरपालिकालाई प्याव्सनबाट ३ लाख सहयोग हस्तान्तरण गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संयुक्त रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

कोइकाद्वारा ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरीयाली संस्था कोइकाले देशका विभिन्न चारवटा अस्पताललाई ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। सो स्वास्थ्य सामाग्री आज दक्षिण कोरीयाली राजदूत एच. ई. पार्क योङ सिकले सम्बन्धित अस्पताल विकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका छन्।

असहायलाई खाद्यान्न सहयोग

रौतहटका एक समाजसेवीले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा असहायलाई खोजी खोजी खाद्यान्न राहत सहयोग गरेका छन्।

प्रदेश सरकारको कोरोना उपचार कोषमा जिल्ला समन्वय समितिको सहयोग

जिल्ला समन्वय समिति खोटाङका प्रमुख, उपप्रमुख एबं सदस्यले आफ्नो सेवा सुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन्। जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेबी खत्री र अन्य सात सदस्यले आफ्नो सेवा सुविधा वापतको १ लाख ५ हजार रकम १ नम्बर प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरिदिएका हुन्।

प्राइम बैंकद्वारा पौने दुई करोड सहयोग

प्राइम कमर्सियल बैंकले सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।

एनआइसी बैंकबाट सबै प्रदेशलाई सहयोग

एनआइसी एसिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५–१५ लाख रुपैयाँका दरले सहयोग गरेको छ ।

चन्द्रागिरि नगरपालिकालाई एक लाख हस्तान्तरण

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई  एक लाख एक हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

कोरोना संक्रमण रोकथामका लागि छ लाख बराबर सहयोग

टीकापुर नगरपालिका–१ घर भई हाल काठमाण्डौं बस्दै आएका विकास रावलले कोरोना भाइरसको संक्रमण रोकथामका लागि करिव छ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री र नगद सहयोग गरेका छन्।

कोरोनाविरुद्ध लड्न निजी क्षेत्रबाट थप सहयोग

कोरोना महामारी विरुद्धको लडाइँमा निजी क्षेत्रबाट सहयोग आउने क्रम जारी छ। महालक्ष्मी विकास बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ।

काठमाडौंमा बस्ने कर्णालीबासीलाई महतले गरे खाद्यान्‍न सहयोग

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौंमा रहेका र खाद्यान्‍न अभाव भएका कर्णालीबासीलाई खाद्यान्‍न सहयोग गरेका छन् ।

राहतकोषमा ईटा उद्योगीको सहयोग

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्लाका विभिन्न स्थानीय तहमा ६ लाख बढी सहयोग गरेको छ। देशको यो विषम परिस्थितीमा राष्ट्र र जनतालाई कोभिड–१९ भाइरसको उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सहयोग गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्